इन्भेचर एजुकेशन एकाडेमीले विविध सांस्कृतिक कार्यक्रम गरी सोमबार विद्यालयको १३ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितेश बस्नेतको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्की थिए ।
उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक नृत्य तथा झाँकी, आधुनिक नृत्य, गायन, फेसन शो तथा नाटक लगायत विविध प्रस्तुति पस्किएका थिए ।
वार्षिकोत्सव समारोहका विद्यालयका प्रिन्सिपल अमृत बस्नेतले विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएको कार्यक्रममा शैक्षिक वर्ष २०८० मा उत्कृष्ट अङ्क प्राप्त गर्न सफल विद्यार्थीलाई कक्षागत रुपमा पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै वर्ष उत्कुष्ट विद्यार्थीको रुपमा सोभा मिश्र र अर्नप कार्की पुरस्कृत भए भने वर्ष उत्कृष्ट शिक्षकको रुपमा कला ढकाल सम्मानित भइन् ।
कार्यक्रममा बिर्तामोड प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल,दिपक चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।
संस्थापक रुपा बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सिद्धार्थ गौतम र माया श्रेष्ठले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरुले गरेका थिए ।







