• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामाडका ९ वर्षीय आयुर ढकालले मलेसियामा जिते तेक्वान्दोको स्वर्ण पदक


  •    संवाददाता/ मङ्गलबार, माघ २९, २०८१  

  • झापा बिर्तामोड ५ का ९ वर्षीय आयुर ढकालले मलेसियामा सम्पन्न १२ औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
    मलेसियाको क्वालालम्पुरमा सोमबार भएको च्याम्पियनसिपमा आयुरको स्वर्णसहित नेपालले ७ पदक जितेको छ । नेपालले तेक्वान्दो अन्तर्गत पुम्सेमा स्वर्ण जितेको हो । नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका आयुरले ९ देखि ११ वर्ष उमेर समूहमा स्वर्ण जितेको हाल मलेसियामा रहेका कोच दिपेन धिमालले पूर्वाञ्चललाई बताए ।

    आयुर बिर्तामोडका व्यवसायी राजु ढकाल तथा सरिता नेपाल ढकालका छोरा हुन् । उनी सेन्ट जेभियर्समा कक्षा ४ मा अध्ययनरत् छन् । अष्ट्रेलिया, हङकङलाई हराउदै अघि बढेका आयुरले फाइनलमा मलेसियालाई पराजित गरेका हुन् ।

    Advertisement

    आयुरले झापाको मेची तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् । उक्त डोजाङको कोच धिमाल हुन् । आफ्नो डोजाङको शिष्यले अन्तर्राष्ट्रियस्तरमा स्वर्ण पदक जितेकोमा अत्यन्त हर्षित रहेको बताउँदै कोच धिमालले भने आयुर अत्यन्त मिहनेती र प्रतिभाशाली छन् । आयुर ढकालसंगै दिक्षान्त लामिछानेले पनि स्वर्ण पदक जितेका छन् । उनले पनि पुम्सेमा स्वर्ण जितेका हुन् । दिक्षान्तले १२ वर्षमुनि उमेरसमूहमा स्वर्ण पदक जितेका हुन् । दिक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् ।

    Advertisement

    त्यस्तै झापा अर्जुनधारा ६ का ११ वर्षीय लिरिक फुयालले उक्त प्रतियोगितामा कास्य पदक जितेका छन् । कोच धिमाल आयुर र लिरिकलाई साथमा लिएर मलेसिया पुगेका थिए । बाल्मिकी एजुकेशन फाउण्डेशन कक्षा ५ मा अध्ययनरत् लिरिकले पनि तेक्वान्दो अन्तर्गत पुम्सेमा सिंगापुरलाई पराजित गर्दै कास्य हात पारेका हुन् । उनी समीर र ऋचा फुँयालका छोरा हुन् । उनले १० देखि १२ वर्ष उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए ।

    त्यस्तै रिप्सना घिमिरे ग्यारोगीतर्फ महिला ४१ केजीभन्दा कम तौल समूहमा रजत जित्न सफल भएकी छन् । अर्को रजत भने द सेलिब्रेसन को–एडका जेमोस मगरले जिते । उनले पुम्से ९ वर्ष भन्दा कम उमेर समूहमा उक्त सफलता हात पारेका हुन् ।

    ग्यारोगीतर्फ सिनियर पुरुषमा ५८ केजी तौल समूहमा राकेश सापकोटाले रजत पदक जिते भने फाइटतर्फ नै असिम श्रेष्ठले ३७ केजीभन्दा कम तौल समूहमा कास्य पदक जिते । प्रतियोगिता यही फेब्रुअरी ६ देखि ८ सम्म भएको थियो । उक्त च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    विजेता खेलाडी तथा अफिसियललाई मलेसियास्थित नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले सम्मान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.