• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सरस्वती माविले विविध कार्यक्रम गर्दै मनायो वार्षिकोत्सव, रैथाने संग्रहालय स्थापना


  •    संवाददाता/ शुक्रबार, माघ २५, २०८१  

  • झापाको हल्दीबारी गाउँपालिका-१ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयले ४८ औं वार्षिकोत्सव बिहीबार सम्पन्न गरेको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार लिम्खिमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन रहेका थिए ।

    Advertisement

    उक्त कार्यक्रममा हल्दीबारी-१ वडाध्यक्ष देबिबहादुर थापा, संस्थापक प्रधानाध्यापक काजीमान घिसिङ्ग, जनजागृति माबि प्रतिनिधि रामबहादुर दाहाल, जागृति क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष नरेन्द्र राई (नरेन), १ नम्बर वडाका वडा सदस्यहरू, पूर्व प्रधानपञ्च मानप्रसाद लिङ्देन, पूर्व गाबिस अध्यक्ष नारायणप्रसाद पोखरेल, पत्रकार र स्थानीय अभिभावक, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    शिक्षक रामप्रसाद गुरूङले स्वागत गरेको कार्यक्रममा विद्यालयको विगत, वर्तमान र भाबि योजना तथा शैक्षिक गुणस्तर सुधारका योजना र गतिविधिहरू प्रधानाध्यापक प्रेमकुमार न्यौपाने जानकारी गराएका थिए ।

    कार्यक्रममा विद्यालयका संस्थापक व्यवस्थापन समिति सदस्य बमबहादुर मगर, पुरूष तर्फबाट जेष्ठ नागरिक दल बहादुर गुरूङ, महिला तर्फबाट हिमकुमारी गौतम, संस्थापक प्रधानाध्यापक काजीमान घिसिङ, पूर्व प्रधानाध्यापक दिलकुमार नेम्वाङ, पूर्व प्रधानाध्यापक गणेश मान कन्दङ्गवा, पूर्व शिक्षिक लोकेन्द्र राज आङ्गदाम्बे, कार्यरत शिक्षक शिक्षिकाहरूतर्फ रामप्रसाद गुरूङ, धर्मध्वज बेघा, धनमाया आचार्य, सरिता राईलाई सम्मान पत्र, दोसल्लाद्वारा प्रमुख अतिथि र प्रधानाध्यापक लगायतले सम्मान गरेका थिए ।

    सोही अवसरमा विद्यालयमा स्थापना गरिएको रैथाने संग्रहालय समेत उद्घाटन गरिएको थियो । संग्रहालयमा पुराना तथा प्राचीन घर गाउमा स्थानीय उत्पादन र दैनिक घरायसी प्रयोग हुने औजारहरूको परिचयसहित संकलन गरि राखिएको छ ।

    पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व जनप्रतिनिधि पदम सुन्दर राईको स्मृतिमा उनकी धर्म पत्नि उमा राईसहित परिवारद्वारा स्थापना गरिएको अक्षय कोषलाई ९० हजार थप गरि जम्मा २ लाख १ हजार पुर्याएको थियो ।

    उक्त कार्यक्रमको सञ्चालन धर्मध्वज वेगा र मणिराज दंगालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.