झापाको मेचीनगर–१३ मा अवस्थित सहिद दशरथ चन्द माध्यमिक विद्यालयले बिहीवार विभिन्न विधाका छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयको ५७ औं वार्षिकोत्सवका अवसर पारेर उत्कृष्ट अंक प्राप्त गर्ने विभिन्न तहका विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले वार्षिकोत्सव उद्घाटन गर्दैं छात्रवृत्ति रकम प्रदान गरेकी थिइन् ।
दाताराम यमुना भट्टराई स्मृति अपाङ्गता सहयोग छात्रवृत्ति कोषबाट छात्रातर्फ दुर्गा बेघा लिम्बू, एलिशा लिम्बू ,आशिका पौडेल, जुनु भट्टराई, रियाना थेवे, एलिना भण्डारी र छात्रतर्फ अभिशेख पौडेल, युजिन योङहाङ, उमेश प्रसाईं र दिवस बुढाथोकीलाई प्रदान गरिएको थियो । सो छात्रवृत्ति रकम जनही चार-चार हजार रूपैयाँ रहेको छ ।
त्यस्तै शर्मानन्द खरेल छात्रवृत्ति चार जनालाई प्रदान गरिएको छ । छात्र आयुस सेलिङ तथा छात्रातर्फ पुर्णिमा नेपाल, रियाना थेवे र सुप्रिया राईलाई जनही नगद पाँच-पाँच हजार रूपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै छात्र ज्ञानेन्द्र राजवंशी, चन्द्र राजवंशी तथा छात्रातर्फ माङसेमा चेम्जोङ, दिया चौधरीलाई जनही नगद सात÷सात हजार रूपैयाँको आइतमाया टेकबहादुर स्मृति छात्रवृत्ति प्रदान गरिएको थियो ।
हंसलाल राजवंशी छात्रवृत्ति छात्रातर्फ आरती राजवंशी, सुनिता लिम्बू र भूमिका नेपाललाई प्रदान गरिएको छ । राजवंशीको नगद राशि पाँच हजार रूपैयाँ र बाँकी दुईजनाको जनही तीन-तीन हजार रूपैयाँ रहेको छ ।
यसैबीच बर्ष उत्कृष्ट शिक्षकका रूपमा विद्यालयका रमेश सापकोटा सम्मानित भए । वर्ष उत्कृष्ट तथा वर्ष अनुशासित विद्यार्थी सम्मान कक्षा ५ मा अध्ययनरत छात्रा कञ्चन तामाङलाई प्रदान गरिएको थियो भने वर्ष उत्कृष्ट अभिभावक सम्मानबाट जीवन पौडेल सम्मानित भएका थिए ।
उक्त अवसरमा कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईँ, स्वर्ण महोत्सव स्तम्भ दाता शरद शिवाकोटीले पनि बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर बुढाथोकीको अध्यक्षतामा भएको वार्षिकोत्सबमा विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलले विद्यालयको विगत तथा वर्तमान अवस्था समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजातिको कला, संस्कृति झल्किने भेषभुषामा नृत्य प्रस्तुत गर्नुका साथै केहीदिन अघि आयोजना गरिएको खेलकुद कार्यक्रममा विभिन्न विधामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
सहायक प्रधानाध्यापक तुलसा खरेलले शब्दमार्फत स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक तेजप्रसाद खनालले गरेका थिए ।







