बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड-८ स्थित ओम विद्या मन्दिर मन्टेश्वरी स्कुलमा सरस्वती पूजाको अवसरमा नि:शुल्क भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।
माघ २१ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई नि:शुल्क भर्ना गरिने विद्यालयका सञ्चालक कमल मोहन उप्रेतीले जानकारी दिए ।
उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै नि:शुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ ।
उक्त मोन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको उनले बताए ।
उनले अभिभावकको कुरा सुन्ने र गुणस्तरका बिषयमा छलफलका साथ बालमैत्री बाताबरण निर्माण गर्दै आएको जानकारी दिए । खेलमैदान, बाल उद्यान, विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको उनको भनाई छ ।
सुनौलो १ हजार दिन बालबालिकाको उमेर समूह महत्त्वपूर्ण हुन्छ त्यसैले यस बर्षबाट रचनात्मक रुपमा कार्य योजना तयार गरेको विद्यालयका प्रधानाध्यापक प्रभा उप्रेतीले बताइन् ।







