• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्सले मनायो २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस, विद्यार्थीले देखाए प्रतिभा


  •    संवाददाता/ बिहिबार, माघ १७, २०८१  

  • झापाको बिर्तामोड-५ मा अवस्थित न्युटन्स् एजुकेशन एकेडेमीको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यार्थीहरुले आ-आफ्ना प्रतिभा देखाएका छन् ।

    विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिचाईं तथा उर्जामन्त्री एकराज कार्कीले रहेका थिए ।

    Advertisement

    उक्त अवसरमा महेन्द्ररत्न माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष किशोर प्रसाईं, स्त्रीरोग विशेषज्ञ डा.प्रियंका कटुवाल, एडमान्स प्याथोलोजी बिर्तामोडका प्रमुख डा.सीमा बर्मा प्रधान, अभिभावकद्वय सविता लिम्बू र दिनेश अधिकारीलाई सम्मान गरिएका् थियो ।

    Advertisement

    सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिचाईं तथा उर्जामन्त्री कार्की, विशिष्ट अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यक्रमका अध्यक्ष प्रसाईं, प्रिन्सिपल देवेन्द्र हुमागाईं, बिर्तामोड नगरपालिकाका सामाजिक विकास शाखा संयोजक यमुना आचार्य लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

    सोही अवसरमा सामाजिक क्षेत्रमा समर्पित विद्यालयका पूर्व विद्यार्थीलाई कदर पत्र तथा मायाको चिनोबाट सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा प्राथमिक तहका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए ।

    उक्त अवसरमा न्युटन्स आइडलको बुधबार सम्पन्न ग्रेन्ड फिनालेका विजेताको घोषणा गरिएको थियो । प्रतियोगितामा संस्कार सापकोटा च्याम्पियन बन्न सफल भएका छन् भने फष्ट रनर अफ प्रज्वल थापा, स्माइन बजगाईं सेकेन्ड रनरअफ र रुबि पाठक र लिरिक्स राज्यलक्ष्मी पौडेल सान्तवना हुन सफल भएका छन् ।

    उनीहरुलाई क्रमश: पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रूपैयाँ, ट्रफी र सम्मान पत्र प्रदान गर्नुका साथै फाइनललिष्टलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताए । उनले किताबी शिक्षा मात्र नभएर बालबालिकाका लागि व्यवहारिक शिक्षा जरुरी रहेको बताएका छन् ।

    बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सम्मानित व्यक्तित्व स्त्रीरोग डा.कटुवाल, पूर्व विद्यार्थी कृन्जिला बजगाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रिन्सिपल देवेन्द्र हुमागाईंले विद्यालयको वार्षिक गतिविधिसहित मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।

    विद्यालयले भोलि विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईंको स्मृतिमा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगितामा झापाका ५० वटाभन्दा बढी विद्यालयको सहभागिता रहने जनाइएको छ ।

    वि.सं.२०६० सालमा १५० विद्यार्थी र २५ जना शिक्षकबाट स्व.हरिकुमार प्रसाईंले स्थापना गरेको विद्यालयमा हाल १७०० विद्यार्थी अध्ययनरत तथा १६२ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयका प्रिन्सिपल हुमागाईंले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.