• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लक्ष्मीनारायणको रजत जयन्तीमा दातादेखि विद्यार्थीसम्म सम्मानित


  •    संवाददाता/ मङ्गलबार, माघ १५, २०८१  

  • झापाको बिर्तामोड नगरपालिका वडा नं.१० मा अवस्थित लक्ष्मीनारायण आधारभूत विद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोमप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद छविलाल चुडाल रहेका थिए ।

    Advertisement

    उक्त अवसरमा कोशी प्रदेश सरकारबाट विनियोजित १५ लाख रकमबाट दुई कोठे भवनको शिलान्यास समेत गरिएको थियो । भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद छविलाल चुडाल र बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रा महतरा प्रसाईंले संयुक्तरुपमा गरेका थिए ।

    Advertisement

    वार्षिकोत्सवको अवसर पारेर दाता, अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने दाताहरुमा अभिचन्द्र आचार्य, लिलादेवि आचार्य, भद्रमाया शिवाकोटी, मायादेवि उप्रेती, डिप्रोस लघुवित्त गरामनी, मनराम स्मृति प्रतिष्ठान, सहारा नेपाल सहकारी बिर्ताबजार, नेशनल लघुवित्त बिर्तामोड र महेश्वर ओली रहेका छन् ।

    त्यस्तै चन्द्रमान राई, ज्ञानुनाथ मैनाली, छविलाल बस्नेत, धर्मानन्द अर्याल, दधिराम रसाइली, मोहन उप्रेती, नरप्रसाद शिवाकोटी, तुलसीप्रसाद सुवेदी, शम्भुप्रसाद घिमिरे, विष्णु लिंदेन र हेमबहादुर गुरुङ रहेका छन् ।

    त्यसैगरी उत्कृष्ट शिक्षकबाट झनकप्रसाद कोइराला, विद्यार्थीबाट खुसी पाठक र अभिभावकबाट सुशिला सार्कीलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद चुडालले सामुदायिक र संस्थागत विद्यालयलाई प्रतिस्पर्धाको रुपमा नभएर एकअर्काका परिपूरक रुपमा हेर्नुपर्ने बताए ।

    सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले विश्वका विभिन्न ठाउँमा पुगेर आफ्नो क्षमता देखाइसकेकाले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई कमजोर नठान्न चुडालले आग्रह गरेका थिए ।

    प्रधानाध्यापक जनकबहादुर थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रा महतरा प्रसाईं, बिर्तामोड शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    विद्यालयका शिक्षक झनकप्रसाद कोइरालाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्मला न्यौपानेले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.