• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


  •    संवाददाता/ आइतबार, पुष १२, २०७७  

  • झापा। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।दाहाल-नेपाल पक्षका सांसदहरुले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । राईविरुद्धको अविश्वास प्रस्तावको प्रस्तावकमा इन्द्र आङ्बो र समर्थकमा लक्ष्मण तिवारी हुनुहुन्छ ।

    अविश्वासको प्रस्तावमा करीब ३६ सांसदले हस्ताक्षर गरेका छन्। उनीहरुले नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्।नेकपाका ६७ सांसदमध्ये ४० जना दाहाल–नेपाल समूहमा खुलेका छन् भने २२ जना ओली समूहमा छन्। चार जना अझै खुलिसकेका छैनन् ।

    Advertisement

    अविश्वासको प्रस्ताव पारित हुन दाहाल-नेपाल समूहलाई कांग्रेस सांसदको समेत साथ चाहिन्छ। यसअघि आज बिहान प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका थिए । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै दाहाल-नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो ।

    Advertisement

    केन्द्रमा केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर प्रदेशमा समेत देखिएको हो । मुख्यमन्त्री राईले आफूविरुद्ध लागेर पुष्पकमल दाहाल प्रचण्ड समूहलाई सहयोग गरेको भन्दै हिजो आङ्बोलाई हटाउनुभएको हो ।

    आङ्बो गत शुक्रवार माइतीघरमा प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरुले अगुवाई गरेको विरोध कार्यक्रममा सहभागी हुनु भएका थियो । प्रदेश १ का मुख्यमन्त्री राई नेकपा ओली समूहमा हुनुहुन्छ भने भिम आचार्य र इन्द्रबहादुर आङ्बो दाहाल-नेपाल समूहमा हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.