न्युट्न्स एजुकेसन एकेडेमीमा रहेको न्युट्न्स बाल क्लबले मिनी फलफूल मेलाको आयोजना गरेको छ ।
झापामै पहिलो पटक विद्यालयस्तरमा सामाजिक कामको लागि आयोजना गरिएको उक्त मेला पृथक किसिमको रहेको जनाइएको छ ।
“फलफूल खाउ, स्वास्थ रहौं” नारासहित आयोजना गरिएको मेलामा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
स्वास्थ्यलाई मध्यनजर र व्यवहारिक ज्ञानका साथै क्लबलाई आर्थिक टेवा पुग्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष अन्स न्यौपानेले जानकारी दिए ।
विद्यालयमै आयोजना गरिएको उक्त मेलामा सुन्तला, स्याउ, किबी, बयर, सेतो नसपाती र अम्बक जस्ता फलफूल राखिएको अध्यक्ष न्यौपानेले बताए ।
क्लबले विभिन्न समय विविध किसिमका कार्यक्रमहरु गर्दै आएको फोकल पर्सन मिनु शिवाकोटीले बताइन् ।
न्युन्टसमा बाल क्लबसहित अन्य विभिन्न क्लबहरु समेत रहेका छन् । उनीहरु आ-आफ्नै समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । क्लबहरुले गर्ने कार्यक्रमहरुलाई विद्यालयले प्रोत्साहन गर्ने गरेको प्रधानाध्यापक देवेन्द्र हुमागाईंले बताए ।







