• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रोटरी बिर्तामोडद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरणसहित खानेपानी परियोजना हस्तान्तरण


  •    संवाददाता/ मङ्गलबार, माघ ०८, २०८१  

  • रोटरी क्लब अफ बिर्तामोडले शिवसताक्षी-३ कमलधापस्थित शान्ति आधारभूत विद्यालयमा आर.ओ.फिल्टरसहित अत्याधुनिक प्रविधिको शुद्ध पिउने पानी परियोजना हस्तान्तरण गर्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमप्रसाद भारतीको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी भवानीशंकर मिण्डा र सन्तोषदेवी मिण्डाले अल्पायुमा आकस्मिक स्वर्गारोहण भएका आफ्ना कान्छा छोरा हेमन्तकुमार मिण्डा (गोल्डी) को स्मृतिमा अत्याधुनिक पानी फिल्टर मेसिन जडान गरी रोटरी क्लब अफ बिर्तामोडमार्फत खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरेको क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशलले जानकारी गराएका थिए ।

    Advertisement

    शिवसताक्षी नगरपालिका वडा नं.३ का वडाअध्यक्ष भाष्कर न्यौपानेको प्रमुख आतिथ्य र समाजसेवी,गौभक्त जगदीशप्रसाद मिण्डाको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई डोम्स कम्पनीद्वारा उत्पादित र नेपालका सुपर वितरक पायोनियर मार्केटिङ प्रालिबाट सौजन्यस्वरूप प्राप्त स्टेशनरी सामानहरू वितरण गरिएको कार्यक्रमका संयोजक दुर्गा थपलियाले बताए ।

    Advertisement

    कार्यक्रममा खानेपानी परियोजना निर्माणकर्ता मिण्डा परिवार, रोटरी क्लब अफ बिर्तामोड र समन्वयकर्ता भवानी शिवाकोटीलाई विद्यालयद्वारा सम्मान गरिएको थियो ।

    विद्यालयको मुख्य प्रवेशद्वार र कम्पाउन्ड वाल जीर्ण भइसकेकोले अशोक धानुकाले रंगरोकन सामग्रीहरू निःशुल्क प्रदान गरेको कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष न्यौपानेले शिलालेख अनावरण गरी धाराको पानी खाएर परियोजना उद्घाटन गरेका थिए ।

    प्रधानाध्यापक विष्णुप्रसाद भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा सुरेश वंशल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमप्रसाद भारती ,रोटरी अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, वडाध्यक्ष भाष्कर न्यौपाने लगायतले शुभकामना र धन्यवाद मन्तव्य राखेका थिए ।

    उक्त कार्यक्रमको सञ्चालन शिक्षिका तारादेवी बास्तोलाले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.