देवकोटा आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा एकराज विष्ट चयन भएका छन् ।
।
बिर्तामोड-९ मा अवस्थित विद्यालयको आजको भेलाले विष्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै सदस्यहरुमा राधा कन्द्गवा, सुशीला श्रेष्ठ, देविप्रसाद राजवंशी र भावनी राजवंशी चयन भएका छन् ।
Advertisement
त्यसैगरी शिक्षक प्रतिनिधिबाट खगेन्द्र खतिवडा चयन भएका छन् भने सदस्य सचिवमा प्रधानाध्यापक सुवास राजवंशी रहेका छन् ।
उक्त समिति गठनको अवसरमा बिर्तामोड नगरपालिका वडा नं.९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईं, वडा सदस्य संगीता सिवा, निवर्तमान व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण कार्की, पुर्व अध्यक्ष गंगा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।







