• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महेन्द्र रत्न माविले मनायो वार्षिकोत्सव, ७५० भन्दा बढी विद्यार्थी पुरस्कृत


  •    संवाददाता/ सोमबार, पुष २९, २०८१  

  • बिर्तामोड-३ बिर्ताबजारस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।

    सप्ताहव्यापी खेलकुद प्रतियोगिता गरेको विद्यालयले सोमवार विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य, जग्गादाता, अक्षयकोष दाता, पूर्व विद्यार्थी, दीर्घसेवी शिक्षक, वर्ष उत्कृष्ट शिक्षक, वर्ष उत्कृष्ट खेलाडी, उत्कृष्ट अभिभावक लगायतलाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो ।

    Advertisement

    यसरी सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य भोजराज सिटौला, जग्गादाता भक्तसिंह राजवंशी, अक्षयकोष दाता गुरुभक्त न्यौपाने, पूर्व विद्यार्थी मदनगोपाल सुब्बा रहेका छन् ।

    Advertisement

    उत्कृष्ट र दीर्घसेवी शिक्षकलाई सम्मान

    त्यस्तै २५ वर्ष सेवा अवधि पूरा गरेका शिक्षकहरु मित्रलाल ओली र हरिमाया लिङदेनलाई दीर्घसेवी सम्मान प्रदान गरिएको छ भने पाँचजना शिक्षकलाई वर्ष उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको छ ।

    यसरी सम्मानित हुनेहरुमा लक्ष्मी प्रसाईं, इच्छाराम निरौला, देवीप्रसाद कडरिया, रत्नमान गिरी र गोमा नेपाल रहेका छन् । त्यस्तै वर्ष उत्कृष्ट खेलाडीको रुपमा निश्चल शिवाकोटी र अनिसा खड्का सम्मानित भएका छन् भने उत्कृष्ट अभिभावकको रुपमा निर्मला प्रसाई र टंकप्रसाद संग्रौलालाई सम्मान प्रदान गरिएको छ ।

    अक्षयकोषबाट स्वीटर र छात्रवृत्ति वितरण

    त्यस्तै सुरेश पाठक स्मृति अक्षयकोषबाट कक्षा ४ र ५ मा अध्ययनरत ८५ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ भने सोही अक्षयकोषबाट तीनजना उत्कृष्ट विद्यार्थीलाई ५-५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा कक्षा ८ मा प्रथम हुने सान्धी शिवाकोटी, कक्षा १० मा प्रथम हुने गौरव परियार र कक्षा १२ मा प्रथम हुने ओमप्रकाश दाहाल रहेका छन् । सोही अवसरमा अवकाशप्राप्त शिक्षक कल्पना भण्डारीलाई विदाई गरिएको थियो ।

    ७५० भन्दा बढी विद्यार्थी सम्मानित तथा पुरस्कृत

    वार्षिकोत्सव कार्यक्रममा ७५० जना विद्यार्थीहरुलाई सम्मानित र पुरस्कृत गरिएको प्रधानाध्यापक खरेलले बताए । खेलकुद कार्यक्रममा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो विद्यालयले सप्ताहव्यापी खेलकुद प्रतियोगिता गरेको थियो ।

    ६०० जना विद्यार्थीद्वारा नृत्य प्रदर्शन

    वर्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा करिव ६ सय विद्यार्थीहरुले विभिन्न जातजातिका झाँकीसहित नृत्य प्रस्तुत गरेका थिए । विभिन्न ३५ वटा समूहले नृत्य प्रस्तुत गरेको विद्यालयका शिक्षक युवराज कट्टेलले जानकारी दिए ।

    महेन्द्र रत्न तारामा मोहनमायाका विज्ञान प्रथम

    महेन्द्र रत्न माविले महेन्द्र रत्न तारालाई यस वर्ष पनि निरन्तरता दिएको छ । महेन्द्र रत्न ताराको सिजन थ्रीमा मोहनमाया माविका विज्ञान डाँगी प्रथम, देवी माविकी सविना रणपहेली द्वितीय, महेन्द्ररत्न माविकी अस्मिता हस्दा तृतीय भएका छन् ।

    सो नगरस्तरीय गायन प्रतियोगितामा बिर्तामोडभरिका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई तीन हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद सेढाईको अध्यक्षतामा भएको वार्षिकोत्सवलाई कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले उद्घाटन गरेका थिए ।

    कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, पूर्व प्रधानाध्यापक देवेन्द्र गौतम, शिक्षक महासंघका युवराज कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, वडा अध्यक्षहरु मदन बुढाथोकी, दुर्योधन गुरुङलगायतको उपस्थिति रहेको थियो ।

    सहायक प्रधानाध्यापक केशव प्रसाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा प्रधानाध्यापक खड्गप्रसाद खरेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षकहरु तुलसीराम खरेल र भोजराज दाहालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.