बिर्तामोड-१० मा अवस्थित कन्चनजंगा अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत आसुतोस प्रसाईंको हृदयघातका कारण निधन भएको छ ।
बिर्तामोड-७ गरामनी निवासी स्व.दिपक प्रसाईं एवम् सरिता खतिवडा प्रसाईंका छोरा कक्षा १० मा अध्ययनरत प्रसाईंको शनिबार निधन भएको विद्यालयले जनाएको छ ।
अनुशासित छात्र प्रसाईंको निधनको शोकको घडीमा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गर्दै विद्यालयले आज एकदिन शोक बिदा दिने निर्णय गरेको छ ।
Advertisement







