• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महेन्द्र रत्न माविले ६७ औं वार्षिकोत्सव पुष २९ गते मनाउने


  •    संवाददाता/ आइतबार, पुष २८, २०८१  

  • बिर्तामोड-३ बिर्ताबजारस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ ।

    सप्ताहव्यापी खेलकुद प्रतियोगिता सञ्चालन गरेको विद्यालयले पुष २९ गते वार्षिकोत्सव मनाउने भएको हो । त्यसदिन ६५० जना विद्यार्थीहरुलाई पुरस्कृत गरिने प्रधानाध्यापक खड्गप्रसाद खरेलले बताए ।

    Advertisement

    कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले वार्षिकोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मान कार्यक्रमअन्तर्गत दीर्घसेवी शिक्षक सम्मान दुई जनालाई, उत्कृष्ट शिक्षक सम्मान पाँच जनालाई, समाजसेवी शिक्षासेवी सम्मान २ जनालाई, अक्षयकोष दाता र पूर्व विद्यार्थी एक-एक जनालाई सम्मान गरिने भएको छ ।

    Advertisement

    त्यस्तै सुरेश पाठक स्मृति अक्षयकोषबाट छात्रवृत्ति बितरण गरिनुका साथै एकजना अवकाशप्राप्त शिक्षकलाई विदाई गरिने प्रधानाध्यापक खरेलले जानकारी दिए । सांस्कृतिक कार्यक्रमअन्तर्गत करिव ५ सय विद्यार्थीहरुले विभिन्न जातजातिका झाँकीसहित नृत्य प्रस्तुत गर्ने उनले जानकारी दिए ।

    महेन्द्र रत्न माविले यस वर्ष पनि महेन्द्र रत्न तारालाई निरन्तरता दिने भएको छ । पुष २८ गते महेन्द्र रत्न ताराको सिजन थ्री सञ्चालन गरिने भएको छ । सो नगरस्तरीय गायन प्रतियोगितामा बिर्तामोडभरिका सामुदायिक विद्यालयका विद्यार्थीहरुले भाग लिने भएका छन् ।

    प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई तीन हजार नगद पुरस्कार र मेडलको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.