• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महेन्द्रज्योति माविले मनायो वार्षिक उत्सव, विद्यार्थीदेखि अभिभावकसम्म सम्मानित


  •    संवाददाता/ आइतबार, पुष २८, २०८१  

  • बिर्तामोड-१० मा अवस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले ५८औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गर्दै मनाएको छ ।

    खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, सम्मानसहित विद्यालयको वार्षिकोत्सव सम्पन्न गरेको हो ।

    Advertisement

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षता तथा झापा क्षेत्र नं.३ का कोशी प्रदेशसभा सदस्य छवि चुडालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अन्तर सदनात्मक गीत, नृत्य तथा खेलकुद प्रतियोगिताका विजयी एवम् गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षागतरुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक जयकुमार झाले विद्यालयको गतिविधिसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा शान्ति-धन छात्रवृत्ति कोषको रकम दाता परिवारको तर्फबाट विद्यालय व्यवस्थापन समिति सदस्य किरण सुब्बाले दुई हजारको दरले चार जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेकी थिइन् ।

    त्यस्तै पवित्रा पौडेल स्मृति छात्रवृत्ति कोषका दाता अम्बिका पौडेलले नगद दुई-दुई हजारका दरले चार जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी थिइन् ।

    यसैबीच विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य श्रीप्रसाद शिवाकोटी तथा उत्कृष्ट शिक्षक वीरेन्द्रप्रसाद रिजाल र ताराप्रसाद पोखरेललाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    सोही अवसरमा विद्यार्थीलाई विभिन्न समयमा जुत्ता उपलब्ध गराउने नेपाल जुत्ता उत्पादक समूहका हरिशचन्द्र चम्लागाईं, व्याग उपलब्ध गराउने लायन्स क्लब अफ बिर्तामोड लेडी अध्यक्ष निरु उप्रेती ओली, शैक्षिक सामग्री उपलब्ध गराउने मनराम फाउन्डेसनका राजेन्द्र श्रेष्ठ, अन्य सहयोगी लिटल फ्लावर्स स्कूलका प्रिन्सिपल विशाल क्षेत्री, नारायण अधिकारी, प्रकाश ओली, ध्रुव ओली, सुवित अग्रवाल, वीरेन्द्र गुप्ता, युवराज कट्टेल र धर्म साहलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

    त्यसैगरी अभिभावक भीमा श्रेष्ठ, सुमित्रा कार्की, वेदप्रसाद भट्टराई, शिक्षकहरु राजन प्रसाईं, मोहन उप्रेती, सुम्निमा राई र कर्मचारी पुष्कर घिमिरेलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद चुडाल, बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, पूर्व प्रधानाध्यापक प्रेमबहादुर लिम्बू, समानित पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य श्रीप्रसाद शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    विद्यालयका सहायक प्रधानाध्यापक भवानी शिवाकोटीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बीरेन्द्र कडरिया, सरस्वती दाहाल र प्रेमप्रसाद आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.