• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देवी माविको वार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थी र ज्येष्ठ नागरिकलाई सम्मान


  •    संवाददाता/ शुक्रबार, पुष १९, २०८१  

  • बिर्तामोडमा अवस्थित देवी माध्यमिक विद्यालयले आफ्नो ६२ औँ वार्षिकोत्सव विविध कार्यक्रमहरूसहित भव्य रूपमा सम्पन्न गरेको छ ।

    वार्षिकोत्सवको अवसरमा विद्यालयले बिर्तामोड-५ का दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

    Advertisement

    पुरुषतर्फ १०१ वर्षीय प्रेमप्रसाद निरौला र महिलातर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई सम्मान गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

    Advertisement

    त्यस्तै पाँच किलोमिटरको देवी रन दौड प्रतियोगितामा खासेन चेम्जोङ र सिमाना जवेगू प्रथम भएका छन् ।

    यसैगरी, पुरुषतर्फ युकेश लिम्बू दोस्रो र कमल दुलाल तेस्रो भएका थिए भने महिलातर्फ रेखा भण्डारी दोस्रो र पुनम दनुवार तेस्रो भएका थिए । विजेताहरूलाई क्रमशः नगद रु ७,०००, ६,०००, र ५,००० तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    स्लो साइकल रेसका विजेता शाहिल नेपालीसहित अन्य विजेताहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ । पुस ११ देखि १६ गतेसम्म विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा एक हजार ६०० विद्यार्थीले सहभागिता जनाएका थिए, जसमध्ये ७३५ विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    वार्षिकोत्सवकै अवसरमा विभिन्न छात्रवृत्ति अक्षयकोषबाट विद्यार्थीलाई सम्मान गरिएको थियो भने २०८१ सालको कक्षा १२ का उत्कृष्ट छात्र अनिस काफ्ले र छात्रा सिर्जना भट्टराई तथा २०८० सालको माध्यमिक शिक्षा परीक्षाका उत्कृष्ट छात्र र छात्रालाई नगदसहित देवी विद्या पदक प्रदान गरिएको छ ।

    ज्ञानबहादुर बुढाथोकी र सबनम थापा दाहाललाई दीर्घसेवी शिक्षक सम्मान प्रदान गरिएको थियो भने पूर्व विद्यार्थी तेजु सिंह र नरेश दासलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

    त्यस्तै वार्षिकोत्सवकै अवसरमा मानबहादुर भगवती गिरी स्मृति छात्रवृत्ति अक्षयकोष, सञ्जु पाण्डे डाँगी स्मृति छात्रवृत्ति अक्षयकोष, हाकिलाल धिमाल स्मृति छात्रवृत्ति अक्षयकोष, लक्ष्मी निरौला स्मृति छात्रवृत्ति अक्षयकोष, पर्शुराम ढकाल स्मृति छात्रवृत्ति अक्षयकोष, ज्ञानुराम प्रसाईं स्मृति छात्रवृत्ति अक्षयकोष र केदार मनमाया स्मृति छात्रवृत्ति अक्षयकोषबाट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष रोहित प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, दाता परिवारका टोरुप प्रसाईं, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख देवेन्द्रबहादुर मल्ल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    शिक्षक प्रतिनिधि उमेशकुमार शाहले स्वागत गरेका थिए भने स्वागत गीत शिक्षक युवराज ढकालले प्रस्तुत गरेका थिए ।

    प्रधानाध्यापक अम्बिका श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुति गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.