झापाको कनकाई नगरपालिका-३ सुरुङ्गामा अवस्थित ग्लोबल एडुकेयर एकाडेमीमा ग्लोबल स्काउट दलको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ ।
विद्यालयका प्रिन्सिपल विमान लामा तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक एवंम केशी प्रदेश परिषद सदस्य नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कनकाई माध्यमिक विद्यालयका स्काउटर राधा केसी र जानकी आधारभूत विद्यालयका स्काउटर अरुण नेपालको विशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा ११ देखि १५ वर्षका जम्मा ६० जना विद्यार्थीहरू दीक्षित भएका छन् । जसमा छात्रतर्फ २६ र छात्रातर्फ ३४ रहेका छन ।
विद्यालयका प्रिन्सिपल विमान लामा तामाङले मन्तव्यबाट स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन ग्लोबल एडुकेयरका स्काउटर गोमा तिम्सिनाले गरेकी थिइन् ।
त्यस्तै दीक्षित हुने विद्यार्थीहरूलाई सदस्यता ब्याज विद्यालयका स्काउटर दिवस विश्वकर्मा एवंम गोमा तिम्सिनाले प्रदान गरेका थिए ।
विद्यालयले पढाइको साथै विद्यार्थीहरूको चौतर्फी विकासको निमित्त अतिरिक्त क्रियाकलापहरूमा समेत ध्यान दिने गरेको छ ।







