झापाको मेचीनगर-१३ चारआलीमा अवस्थित त्रिदेव बहुमुखी क्याम्पसमा भएको गजल तथा कविता प्रतियोगितामा प्रतिभा ढकाल प्रथम भएकी छिन् ।
क्याम्पसको नेपाली तथा अंग्रेजी विभागद्वारा आज आयोजित प्रतियोगितामा द्धितिय चिरञ्जीवी कोइराला, तृतिय दिनेश दर्नाल र सान्त्वना उषा निरौला भएका छन् । उनीहरुले क्रमश: तीन हजार, दुई हजार, एक हजार र पाँच सय नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको विशिस्ट अतिथि क्याम्पस प्रमुख तेजप्रसाद खनाल रहेका थिए ।
Advertisement
उक्त प्रतियोगिताको निर्णायकमा अंग्रेजी विभाग प्रमुख विवेक उप्रेती र नेपाली विभागका प्रमुख ढुण्डिराज न्यौपानको रहेका थिए ।
त्रिदेव क्याम्पस प्राध्यापक संघकी सभापति साबित्रा दाहाल, स्ववियु सभापति अर्जुन गौतमले लगायतले शुभकामना मन्तब्य राखेका थिए ।







