नेपाल विद्यार्थी संघ झापाको विवाद पुनः बल्झिएको छ ।
झापाबाट प्रतिनिधित्व गर्ने छ जना केन्द्रिय सदस्यहरुले आज एक विज्ञप्ति प्रकाशित गरेर नेविसंघ झापाले सम्झौताविरुद्ध नेतृत्व चयन गरेको आरोप लगाएका छन् ।
उक्त विज्ञप्तिमा केन्द्रिय सदस्यहरु भुवन बुढाथोकी, किशोर ढुङ्गाना, अतित वन्तवा राई, सौरभ सिटौला, मिलनजंग बस्नेत र दिलिप सिवाले हस्ताक्षर गरेका छन् ।
नेपाल विद्यार्थी संघ झापाको विवाद भने नौलो हैन, यो २०७५ सप्पन्न भएको अधिवेशन देखि नै रहेको छ ।
केन्द्रिय सभापती दुजाङ शेर्पाले झापामा जिल्ला सभापतिको परिपत्र सन्जय निरौला नाममा पठाएपछि त्यस भन्दा अगाडि जिल्लामा रहेका दुई कार्यसमिति थिए भुवन बुढाथोकी सभापति पक्षधर-१ अर्को राजेन्द्र उप्रेती सभापति पक्षधर, केन्द्रिय सभापतिले जिल्लामा परिपत्र गरे पस्चात जिल्ला विवाद रहेको समाधान गर्न र नयाँ कार्यसमिति पुराना दुवै समितीका तर्फबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति बिस्तार गर्न तत्कालीन केन्द्रिय सदस्य मिरा कटुवाललाई प्रतिनिधि पठाइएको थियो ।
प्रतिनिधि कटुवाल पार्टीका केन्द्रीय सदस्य जिल्ला सभापति लगायत नेविसंघका नेतागण बसेर नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यकालमा विवाद समाधान गरि एक सम्झौता गरिएको थियो तर सम्झौता अनुरुप जिल्ला कार्यसमिति बिस्तार नभएकाले पुन: केन्द्रिय सभापति दुजाङ शेर्पाद्वारा एक परिपत्र गर्दै सम्झौता अनुरुप कार्यसमिति बिस्तार नभएको भनी सभापति बाहेकको सम्पुर्ण कार्यसमिति खारेज गरेका थिए ।
त्यस पश्चात अस्तित्वमा नरहेको जिल्ला कार्यसमितिले विभाग गठन गरेको क्याम्पस अधिवेशन गरेको लगायत नभएको कार्यसमितिका नाममा अवैधानिक गतिविधि गरेको प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा केन्द्रिय सभापति विद्यार्थीहरुको साझा काम गर्ने जुझारु संघलाई चलायमान बनाउन सक्ने यथेष्ट गतिविधि गर्ने सक्ने विद्यार्थी नेतालाई जिल्ला सभापतिमा चयन गर्नका लागि अनुरोधका साथै अपिल गरिएको छ । यस विषयलाई गम्भीरतापूर्वक नलिए नेविसंघलाई चलायमान बनाउन विद्यार्थी भेलाबाट नेतृत्व चयन गर्ने समेत विज्ञप्तिमा जानकारी गराइएको छ ।







