सुनगावा अङ्ग्रेजी विद्यालयमा रहेको बाल क्लबको अध्यक्षमा पुजन बुढाक्षेत्री निर्वाचित भएकी छिन् ।
बिर्तामोड नगरपालिका वडा नं.५ मा अवस्थित विद्यालयमा बिहीबार भएको निर्वाचनमा ३२ मतसहित बुढाक्षेत्री अध्यक्षमा निर्वाचित भएकी हुन् ।
त्यस्तै क्लबको उपाध्यक्षमा बेला थेबे र समिष्टि बिष्ट, सचिवमा सोनम तामाङ, सहसचिवमा शिखा शिवाकोटी तथा कोषाध्यक्षमा इछिङ्सा लिम्बु निर्वाचित भएका छन् ।
Advertisement
त्यसैगरी बाल क्लबको संरक्षकमा विद्यालयका संस्थापक मिलन श्रेष्ठ रहेका छन् ।







