काठमाडौं । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका प्रचण्ड–नेपाल समूहलेसरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको ठहर गरेका छन् ।
कांग्रेस मुख्यालय सानेपामा बसेको बैठकले यस्तो ठहर गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार संसद् विघटनको विरुद्धमा तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर फेरि छलफल गरिने छ । बैठकमा तीनै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
Advertisement







