झापाको बिर्तामोड-७ मा अवस्थित कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयले विजेता विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालयले बिर्तामोड नगर प्रथम साँस्कृतिक तथा खेलकुदको प्रतियोगितको फुटबलमा प्रथम तथा नृत्य र गायनतर्फ तृतीय हुने विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सोमबार सम्मान गरेको विद्यालयका फाउण्डर डिल्लीराम चम्लागाईले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षता भएको सम्मान कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष श्याम पकुवालले शुभकामना मन्तव्य राखेका थिए ।
Advertisement
उक्त अवसरमा बोल्दै शिक्षक अभिभावक संघका अध्यक्ष पकुवालले विद्यालयले आफ्नो साथै समाजको नै नाम राख्न सफल भएको भन्दै आगामी दिनमा अझ राम्रो गर्न शुभकामना दिएका थिए ।







