भारतको लखनउमा सम्पन्न २५ औं अन्तराष्ट्रिय विद्यार्थी गुणिय चक्र (एस.क्यु.सी) सम्मेलनमा स्मारिका स्कुलका विद्यार्थीहरूले दोस्रो स्थान हासिल गरेका छन् ।
गत मंसिर १८ गते देखी २२ गते सम्म (३ देखी ७ डिसेम्बर २०२४) लखनउमा भएको एस.क्यु.सी सम्मेलनमा झापाको कमल गाउँपालिका-५ स्थित स्मारिका स्कुलका विद्यार्थीले द्वितिय स्थान हासिल गरेको विद्यालयकी सहायक प्रिन्सिपल लिलादेबी न्यौपानेले जानकारी दिइन् ।
विश्वकै ठुलो विद्यालय सिटी मन्टेश्वरी स्कुल लखनउमा भएको सम्मेलनमा विश्वभरबाट आएका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त सम्मेलनमा केस स्टडी र प्रस्तुती, वादविवाद प्रतियोयिता, नुक्कड नाटक, क्वलिट क्विज, पोष्टर एण्ड स्लोगन मेकिङ,कलेज मार्किङ लगायतका विषयमा विद्यार्थीले प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतिकरण गरिएका कार्यक्रममा स्मारिका स्कुलले द्वितिय स्थान हासिल गर्न सफल भएको स्मारिका स्कुलका फाउण्डर प्रिन्सिपल गुणराज गिरीले बताए ।
पाँच दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल, संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, श्रीलङ्का, थाइल्यान्ड, मरिसस, बङ्गलादेश, भारत, टर्की लगायत १३ देशका १ हजार ७ सय जना विद्यार्थीले सम्मेलनमा भाग लिएको आयोजकले जनाएको छ ।
सम्मेलनमा भागलिन नेपालबाट शिक्षक र विद्यार्थी गरी ३०२ जनाको टोली गत मंसिर १७ गते लखनउ प्रस्थान गरेको थियो ।







