झापाको बिर्तामोड-६ मा अवस्थित बेस्ट फ्युचर मन्टेश्वरी स्कुलको आठौँ वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
स्कुलका प्रिन्सिपल पूजा खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा रहेका थिए ।
सोही अवसरमा विद्यार्थीहरुलाई मायाको चिनो र मेडल प्रदान गरिएको थियो । कक्षा ५ सम्म सञ्चालनमा रहेको बेस्ट फ्युचर मन्टेश्वरी बिर्तामोड भित्र रहेको उत्कृष्ट विद्यालयका रुपमा परिचित रहेको छ ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कन्दङ्वा, प्याब्सनका सह-सचिव हरिकृष्ण पाठक, नगर शिक्षा अधिकृत जानुका रेग्मी लगायतले आ-आफना धारणा राखेका थिए ।
कार्यक्रममा हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाल, वडा सदस्य खेमनाथ अधिकारी, नेल्टा झापा अध्यक्ष प्रकाश पराजुली, मन्टेश्वरी एसोसियसन अध्यक्ष अनुप रोय लगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक आयुसा कडरियाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सुरेन्द्र खरेलले गरेका थिए ।







