झापा । आईतवार बिहान मन्त्रीपरिषदको बैठकबाट संसद बिघटन गर्दै चुनाव गर्ने नयाँ मिति सहित सार्वजनिक भएको नेपालको र्राष्ट्रिय राजनीति ,यतिबेला तरङ्गित भएको छ।
सत्ताधारी नेकपाका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् सचिवालयमा दर्ता गरेको अविश्वास प्रस्तावमा ९० जना सांसदको हस्ताक्षर छ।
पहिलो नम्बरमा हस्ताक्षर गरेका प्रचण्डलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ। सोही हस्ताक्षर पत्रमा झापाको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पबित्रा निरौला खरेलको पनि ८६ नम्बरमा रहेको हस्ताक्षरले उहाँमाथी सामाजिक संजालबाट नेताकार्यकर्ताले प्रश्न उठाएका छन् ।
एकथरीले प्रधानमन्त्रीका बिरुद्ध अबिश्वासको प्रस्ताव संसद सचिवालयमा लैजाने तयारी थाहा पाएर संसद बिघटन गरिएको भनिरहदा सांसद खरेलले प्रधानमन्त्रीको निर्णयबाट हुने दुर्घटना रोक्न सकिन्छ कि भनेर हस्ताक्षर गरेको बताउनुभयो ।
समय संजालसँगको टेलिफोन कुराकानीमा उहाँले भन्नुभयो -‘मन्त्रीपरिषदले संसद बिघटनको सिफारिस गरे पछाडी हामिले हस्ताक्षर गरेका हौ। हामीमाथी जालझेलपुर्ण षड्यन्त्र भएको छ, गलत प्रचार भयो ।’
खरेलले भन्नुभयो-‘यो समय चुनाव गर्ने होईन काम गर्ने हो ,संसद भवन चाबी लाएर हामीलाई बोल्न बन्द गरिएको छ । अध्यादेश बाट मुलुक चलाउने काम बन्द गर्नु पर्छ जनताका प्रतिनिधिले जनताका कुरा बोल्न पाउनु पर्छ ।’







