फक्ताङलुङ अंग्रेजी स्कुलका विद्यार्थी अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतको लखनउ प्रस्थान गरेका छन् ।
विद्यार्थी गुणिय चक्र (SQC) को सिटी मन्टेश्वरी स्कुल लखनउमा आयोजना हुन गइरहेको २५ औं अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन दुई शिक्षक प्रतिनिधिसहित ६ जना विद्यार्थी भारत गएका हुन् ।
डिसेम्बर ३ तारिकबाट सुरु हुने चार दिने सम्मेलनमा केस स्टडी प्रस्तुति, सडक नाटक (नुक्कड), कोलाज, पोस्टर एण्ड स्लोगन मेकिङ, हाजिरिजवाफ प्रतियोगितामा विद्यार्थीहरुले सहभागीता जनाउने छन् ।
Advertisement
उक्त सम्मेलनमा नेपालसहित १५ देशका विद्यार्थीले सहभागीता जनाउने छन् । कोष नेपालमा आबद्ध झापाका पाँचसहित नेपालभरिबाट ३० विद्यालय सम्मेलनमा सहभागी हुने छन् ।







