बिर्तामोड-६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा ‘लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवनविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
निर्माणधिन बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले लागुऔषधमा लागेर समाजमा धेरै युवाहरुले आफ्नो जीवन बर्बाद बनाएको बताएकी छन् । उनले लागुऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनुपर्ने बताइन् ।
सहभागीहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धिका अभियन्ता सोमराज ढकालले प्रशिक्षण दिएका थिए ।
निर्माण व्यवसायी मनोज उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, बिर्तामोड नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, आयोजनाका टिम लिडर भुवनेश्वर देबलगायतले आ-आफना धारणा राखेका थिए ।
ध्रुव उप्रेतीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन बिजय तिम्सिनाले गरेका थिए ।
उक्त अवसरमा मनकामना कलेजका ब्याचलर अफ सोसियर वर्क (बिएसडब्ल्यु)मा अध्ययनरत विद्यार्थीहरुले जनचेतनामुलक ‘पेन्टोमाइम शो’ प्रस्तुत गरेका थिए भने सहभागीहरुले प्लेकार्ड बोकेर र्यालीसमेत गरेका थिए ।







