• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकालाई डिजिटल साक्षरता दिँदै टिकटक


  •    संवाददाता/ शनिबार, मङि्सर ०८, २०८१  

  • सामाजिक सञ्जाल टिकटकले कोशी बागमती र गण्डकी प्रदेशका सात जिल्लाका १४ स्कुलका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता चलाउन थालेको छ ।

    सरकारसँग टिकटकको सम्झौतापछि ‘चाइल्ड सेफ नेट’ संस्थाले फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल सचेतना तालिम दिन थालेको हो ।

    Advertisement

    सरकारले टिकटकलाई डिजिटल सुरक्षा, डिजिटल साक्षरता र सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने सर्त राखेको थियो । उक्त सर्त मान्न टिकटक तयार भएपछि एक वर्षअगाडि टिकटकमाथि लगाइएको प्रतिबन्ध गत भदौ ६ गते हटाइएको थियो । सोही सम्झौताबमोजिम टिकटकसँगको सहकार्यमा ललितपुरमा १५ विद्यालयका ४० जनालाई डिजिटल साक्षरता तालिम तथा कार्यशाला चलाएको ‘चाइल्ड सेफ नेट’ का अध्यक्षले अनिल रघुवंशीले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार टिकटकसँग सम्झौता भएकाले सात जिल्लाका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता सन् २०२५ डिसेम्बरसम्म सञ्चालन गरिने छ ।

    रघुवंशीले सामाजिक सञ्जालको दुरुपयोगले यौन शोषण, घृणायुक्त अभिव्यक्ति, बालविवाह, बालबालिका बेचबिखन र निजी सूचना बाहिरिए दुरुपयोग हुने गरेको बताए । अध्यक्ष रघुवंशीले पब्जी, फ्री फायर जस्ता ‘गेम’ बाट हिंसात्मक कुरा बढी आएर बालबालिकाको दिमागमा असर पर्ने भएकाले त्यसबारे शिक्षक, अभिभावक र बालबालिकालाई प्रशिक्षित गराइने बताए ।

    रघुवंशीका अनुसार टिकटकले १३ वर्षमुनिका बालबालिकाले टिकट अकाउन्ट खोल्न नपाउने, १६ वर्षमुनिकाले दोहोरो कुरा गर्न नमिल्ने र १८ वर्षमुनिका बालबालिकाले टिकटक लाइभ बस्न नपाउने नियम बनाएको छ । घृणायुक्त अभिव्यक्ति टिकटकले एआईमार्फत नियमन गर्दै आएको छ । हाल टिकटकले विश्वभरबाट दैनिक २० लाखभन्दा बढी घृणायुक्त भिडियो हटाउने गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.