निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) बिर्तामोडको अध्यक्षमा सुरेन्द्र खरेल निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न तेस्रो नगर अधिवेशनबाट खरेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा अमृत बस्नेत,सचिवमा दीपाङ्कर मैनाली, सहसचिवमा पुण्यप्रसाद उप्रेती, कोषाध्यक्षमा प्रमिला बजागाईं र सह-कोषाध्यक्षमा दीपक चम्लागाईं चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा रहमत अन्सारी, कुलदीप घिमिरे, सन्देश मल्ल सर्वसम्मत चयन हुन् ।
प्याब्सन नगर कमिटी अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सनका पूर्व केन्द्रिय सदस्य गुरुभक्त नेउपाने रहेका थिए ।
प्याब्सन बिर्तामोड कमिटीको १३ वर्ष नेतृत्व गरेर अध्यक्षबाट बिदा लिएका खनालले निजी विद्यालयले जुन ढंगले योगदान दिएका थिए, त्यसलाई संस्थागत गर्न आफ्नो कार्यकाल सफल भएको बताए ।
उनले प्याब्सन बिर्तामोडलाई रचनात्मक बनाउन विभिन्न संघसंस्था, राजनीति दल, स्थानीय तह लगायतसँग समन्वय गरेर काम गरेको बताएका थिए ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका पूर्व केन्द्रिय सदस्य गुरुभक्त नेउपाने, रामप्रसाद सिटौला, प्याब्सन झापाका उपाध्यक्ष छत्रबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्याब्सन नगर कमिटी सह-सचिव देवेन्द्र हुमागाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र खरेल गरेका थिए ।







