निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित भएका छन् ।
बुधवार सम्पन्न निर्वाचनबाट २० मत ल्याएर क्षेत्री निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कमल भेट्वालले १५ मत मात्र ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा सुरेन्द्र न्यौपाने १७ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी कमल नेपालले १६ मत प्राप्त गरेका थिए ।
Advertisement
त्यसैगरी १८ मतका साथ कोषाध्यक्षमा समिक्षा गौतम निर्वाचित भइन् भने उनका प्रतिस्पर्धी विजय भट्टराईले १७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सचिवमा भने बिनोद प्रधान सर्वसम्मत चयन भए भने सदस्यमा पदम रुचाल, अरिता प्रधान र विमल पौडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक हिम्मत क्षेत्रीले जानकारी दिए ।







