नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य घटेको छ ।
आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो ।
Advertisement
त्यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।







