झापा । यस वर्षको सहारा सहकारी पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ झापाका सहसचिव एवम् आँगन एफएमका प्रबन्ध निर्देशक इन्द्रजित मुखियालाई प्रदान गरिने भएको छ ।
२०५२ सालमा टेलिभिजनबाट पत्रकारिता सुरु गर्नुभएकापत्रकार मुखिया नेपाल टेलिभिजनका झापा संवाददाता समेत हुनुहुन्छ ।
ईस्मा मिडिया एजेन्सिका सञ्चालक समेत रहनुभएका मुखियालाई यसअघि नेपाल टेलिभिजनले सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कृत गरिसकेको छ ।
Advertisement
संस्थाको मंगलबार आयोजित २४ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहारा सहकारी पत्रकारिता पुरस्कार सहकारीले मंसीर २७ गते साधारण सभामा मुखियालाई प्रदान गरिने र संस्था स्थापनामा योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान गरिने सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनु भयो ।







