काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा पढाइ सुरु हुने भएको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयपछि कोरोना संक्रमणका कारण रोकिएको पढाइ फेरि सुरु हुन लागेको हो।
‘कोरोनाको जोखिम नभएका ठाउँमा भने वैकल्पिक माध्यमबाट पढाउनुपर्ने आवश्यकता नै रहँदैन । भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न पालिकाले स्वीकृति नदिएको अवस्थामा भने वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्नुपर्छ । जसरी भए पनि नियमित कक्षा भने सञ्चालन गर्नैपर्छ । त्यही भनेर देशभरका क्याम्पसलाई निर्देशन दिएका हौँ’ दाहालले भन्नुभयो ।
अहिले पनि जुम्ला, भोजपुर, इलाम, तेह्रथुमलगायतका ठाउँमा शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन् । ती ठाउँमा पालिकाहरुले स्कुल समेत सञ्चालनका लागि अनुमति दिएका छन् ।
अन्य पहाडी भेगमा पनि कक्षा सञ्चालन गर्न सक्ने अवस्था छ । त्यस्ता ठाउँमा पालिकासँग स्वीकृति लिएर भौतिक रुपमा नै कक्षा सञ्चालन गर्न सकिन्छ ।
काठमाण्डौ आज भोलिमै पालिकासँग समन्वय गरेर, सार्वजनिक सूचना निकालेर कक्षा सञ्चालन गरिहाल्न उहाँको अनुरोध छ । कोरोना सुरु हुनुभन्दा पहिला जसरी सामान्य अवस्थामा पढाइ हुन्थ्यो, त्यसैगरी कक्षा सञ्चालन गर्न भनिएको उहाँले बताउनुभयो ।







