• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ग्लोरी माविमा प्राचिन महत्वका सामाग्री प्रदर्शनीसँगै साँस्कृतिक कार्यक्रम


  •    संवाददाता/ बुधबार, कार्तिक १४, २०८१  

  • ग्लोरी अंग्रेजी माध्यमिक विद्यालयले प्राचिन महत्वका सामाग्री प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    झापाको बिर्तामोड-४ बिर्ताबजारमा सञ्चालनमा रहेको विद्यालयले आज शुभ-दीपावलीको अवसर पारेर शुभकामना आदान-प्रदानसहित प्राचिन सामाग्री प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गरेको हो ।

    Advertisement

    बालबालिकाहरुले कम्तीमा पनि सांस्कृतिक तथा एैतिहासिक धरोहरहरुको बारेमा जानकारी पाउन र संरक्षण गर्दै पुराना तथा नयाँ पुस्तालाई जोडनका लागि मद्दत पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

    Advertisement

    प्राचिन महत्वका लोप हुँदै गएका सामाग्रीको संरक्षण साथै विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले उक्त सामाग्रीको प्रदर्शनी गरिएको विद्यालयका व्यवस्थापक सन्तोष प्रसाईंले जानकारी दिए ।

    प्राचिन महत्वका सामाग्री प्रदर्शनीमा ढिकी, जाँतो, तुलो, हर्पे, फिपी, गन्द्री, मान्दो, गजेरा, थैली, हलो, जुवा, पटा, ठेकी, फ्याउरी, ओखल, फरुवा, कोदालो, ढोक्सा, टोलङ, डोको, खटिया, मादल, टोक्सा, अचानो, खुर्पालगायतका बिभिन्न सामाग्रीको कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

    सोही कार्यक्रमकाबिच अन्तर सदनात्मक सांस्कृतिक कार्यक्रम गरिएको थियो । विद्यार्थीहरुले तिहारको देउसीभैलो लगायतका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

    विद्यालयका प्रधानाध्यापक शानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई पुरस्कार स्वरुप ट्रफी र प्रमाणपत्र प्रदान गरिने व्यवस्थापन प्रमुख प्रसाईंले बताए । सांस्कृतिक कार्यक्रमका लागि शिक्षक शेखर खरेल र किरण राजवंशीको निर्णयक मण्डल रहेको थियो ।

    शिक्षिका तारा लावती मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पुन्यप्रसाद सुवेदीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.