• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उत्तरपुस्तिका परीक्षण नै नगरी विद्यार्थीलाई ग्रेड दिएपछि……


  •    संवाददाता/ मङ्गलबार, कार्तिक १३, २०८१  

  • झापा शिवसताक्षीको सामुदायिक विद्यालयका एक विषय शिक्षकले परीक्षामा विद्यार्थीले लेखेको उत्तरपुस्तिका परीक्षण नै नगरी ग्रेड सिटमा ग्रेड भरिदिएको खुलेको छ ।

    शिवसताक्षी नगरपालिका वडा नं.११ दुधेमा रहेको सामुदायिक विद्यालयमध्येको उत्कृष्ट राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा निमावि तृतीय श्रेणीमा कार्यरत विज्ञान विषयका शिक्षक शिवकुमार आङ्वोले विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नै नगरी ग्रेड दिएको खुलासा भएको हो । उनले ५० पूर्णाङ्कको लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षण नगरेका हुन् ।

    Advertisement

    शिक्षक आङ्बोले कक्षा ६ सेक्सन ‘वि’ का २६ विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरेका छ्रैनन् । तर, उनले प्राप्ताङ्क सिटमा ग्रेडिङ गरेका छन् । प्राप्ताङ्क सिट हेर्दा उनले मनलाग्दी ग्रेडिङ गरेका छन् । उत्तरपुस्तिकामा एक जना विद्यार्थीले हामीलाई पढाएको छैन भनेर पनि लेखेका छन् । विद्यार्थीमाथि यो हदसम्मको लापरवाही क्षम्य नहुने अभिभावकले बताएका छन् ।

    Advertisement

    अंग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन अध्यापन हुने सो विद्यालयमा विज्ञान विषयको उत्तरपुस्तिका परीक्षण नगरी विद्यार्थीलाई नम्बर दिएको पाएपछि विद्यालयका प्रधानाध्यापक लालमणी सुवेदी पनि आश्चर्यमा परेका छन् । प्रधानाध्यापक सुवेदीको हस्ताक्षर पनि प्राप्ताङ्क सिटमा छ । उत्तरपुस्तिका परीक्षण गरे नगरेको जाँच नगरी प्रधानाध्यापक सुवेदीले हस्ताक्षर गरेको खुलेको छ ।

    प्राप्ताङ्क सिटमा वर्ग शिक्षको पनि हस्ताक्षर छैन । विषयगत शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेपछि ग्रेडसहित वर्ग शिक्षकलाई दिनु पर्ने प्रावधान अन्य विद्यालयले अपनाएका छन् । तर, राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले वर्ग शिक्षकको हस्ताक्षरको महल ग्रेड सिटमा राखेको छैन ।

    यसअघि विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि अभिभावकको उपस्थितिमा नतिजा प्रकाशन गर्दै आएको थियो । गएको कात्तिक ९ गते सार्वजनिक गरिएको नतिजा विद्यालयको प्रशासन कक्षबाटै विद्यार्थीलाई उपलब्ध गराइएको समाचार स्रोतले बताएको छ ।

    विद्यार्थीको क्षमता मापन नगरी दिएको नम्बरले विद्यार्थीको शैक्षिक भविष्यमाथि नै चरम खेलवाड भएको अभिभावक रामकुमार पौडेलले बताए । उनका अनुसार यो हदसम्मको लापरवाहीले हामी अभिभावक र स्वयम् विद्यार्थीलाई पीडा भएको छ ।

    विद्यालयका प्रधानाध्यापक सुवेदीले यो हदैसम्मको लापरबाही भएको बताए । उनले यो विषयमा विद्यालयले तत्काल अनुसन्धान गरी दोषी शिक्षकमाथि कारबाही गर्ने बताए । शिक्षक आङ्वोले यसअघि पनि उत्तरपुस्तिका परीक्षण नगरी विद्यार्थीको ग्रेडिङ सिटमा ग्रेड दिने गरेका थिए । समाचार स्रोतका अनुसार एक पटक उत्तरपुस्तिका हराएर यसरी नै ग्रेडिङ गरेका थिए । शिक्षक आङ्वोले आफ्नो गल्ती लुकाउन विद्यालयमा केही थान पंखा किनिदिएपछि घटना सामसुम बनेको स्रोतको भनाई छ ।

    शिक्षकको यो प्रकृतिको लापरवाहीले सबै शिक्षक लज्जित हुनु परेको ७ नम्बर वडास्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले बताए । उनले भने,‘ जोसुकै शिक्षक होस् विद्यालय प्रशासनले कारवाहीको दायरामा ल्याओस् ।’

    यता शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकारी छवि ढकालले विद्यालयको अनुगमन गर्ने र शिक्षकको त्रुटि भेटिए कारबाही गर्ने जनाएका छन् ।

    ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा यस्तो काम गर्ने शिक्षकलाई सेवाबाट हटाइने व्यवस्था छ । कुनै शिक्षकले अध्यापन गर्ने जिम्मेवारी पूरा गर्न नसकेमा, परीक्षामा प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने, परीक्षा सञ्चालनमा अमर्यादित काम गर्ने वा गराउने,उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्ने तथा नतिजा प्रकाशनमा अमर्यादित कार्य गरेमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाइने व्यवस्था छ । प्रतिदिन दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.