• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कांग्रेस नेता पौडेलद्धारा बुल्दीखोलाको पुल उद्घाटन


  •    संवाददाता/ बिहिबार, मङि्सर १८, २०७७  

  • तनहुँ। नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गर्नुभएको छ ।

    बुधबार पुल उद्घाटन गर्न जाँदा प्रहरी धरपकडमा पर्नुभएका पौडेलले अन्ततः बिहीबार व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गरेरै छाड्नु भएको हो । पौडेलले रिवन काटेर पुल उद्घाटन गर्नुभयो ।

    Advertisement

    पौडेलले पुल उद्घाटन गर्ने भएपछि त्यसको विरोधमा बुधबार नेकपा कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए भने उद्घाटन रोक्न कै लागि स्थानीय प्रशासनले निषेधाज्ञासमेत लगाएको थियो ।

    Advertisement

    प्रशासनको निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिई तीन घण्टापछि मात्र छाडेको थियो । प्रहरी धरपकडका कारण आफ्नो करङको हाड नराम्ररी दुखेको पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।

    बिहीबार भने पौडेल कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुग्नुभएको थियो । कांग्रेस कार्यकर्ताले भने बुधबारको प्रहरी व्यवहारप्रति विरोध गर्दै नाराबाजीसमेत गरे । उनीहरूले प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गरे ।

    पुल उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेता पनि सहभागी हुनभएको थियो ।

    उक्त पुल आफ्ना नेताको हातबाट उद्घाटन गर्न पाउनुपर्ने माग गर्दै नेकपा कार्यकर्ताले पौडेलको विरोध गरेका थिए ।

    २०७३ सालमा बनाउन शुरु गरिएको पुल २०७५ सालमा निर्माण सम्पन्न भए पनि दुई वर्षपछि उद्घाटन गर्न खोज्दा रडाको मच्चिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.