• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड–भद्रपुर सडकको बाँकी खण्ड पनि स्तरोन्नति हुने


  •    संवाददाता/ बिहिबार, मङि्सर १८, २०७७  

  • झापा। सुस्तगतिमा निर्माण भइरहेको बिर्तामोड–भद्रपुर सडकको बाँकी खण्ड पनि स्तरोन्नति हुने भएको छ । जसका लागि संघीय सरकारले वहुवर्षीय आयोजनामा समेट्दै रकम विनियोजन गरेको छ ।

    पहिलो खण्ड मुक्तिचोकबाट शुरु भई ४ किलोमिटर सडक निर्माणका लागि अहिले काम भइरहेको छ भने दोस्रो चरणमा भद्रपुरसम्म नै बाँकी रहेको ८.५ किलोमिटर सडक खण्डलाई पनि चार लेनकै बनाएर लाने प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । बहुवर्षीय योजना अन्तर्गत सडक निर्माणका लागि टेन्डर आह्वान भएको र लगत्तै निर्माण कार्य शुरु गरिने उनको भनाइ छ ।

    Advertisement

    अब बिर्तामोड–भद्रपुर सडक खण्डको सबै क्षेत्र चार लेनको हुन्छ– निरौलाले भनिन्– वहुवर्षीय योजना हो जतिसक्दो चाँडो बिर्तामोड–भद्रपुर सडक निर्माण सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाइन्छ ।

    Advertisement

    सडक एक अर्ब २८ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको बताइएको छ । पहिलो चरणमा निर्माण थालिएको सडकको समेत ८६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताउँदै बाँकी काम द्रुत गतिमा अघि बढ्ने निरौलाको भनाइ छ ।

    पहिलो चरणमा निर्माण थालिएको बिर्तामोड–भद्रपुर सडकखण्ड पनि चार लेनकै रहेको छ ।

    बजार क्षेत्र २.८ किलोमिटर दुर्वतर्फ नालासहितको हुनेछ भने बाँकी सडक चार लेनको मात्रै हुनेछ । पहिलो चरणको काम आशीष प्रेरा जेभी काठमाडौंले २७ करोड ९ लाख ७० हजार ९६ रुपैयाँ ५८ पैसा (भ्याट तथा पीएम सहित)को लागतमा निर्माण कार्य अघि बढाएको थियो । तर, काम भने कछुवाको गतिमा रहेको सरोकारवालाले बताउँदै आएका छन् । सडक निर्माणको अवधिमा सम्पन्न हुन नसकेपछि सो सडक निर्माणका लागि पटक–पटक म्याद थपिएको थियो । पछिल्लोपटक २०७७ साउन २८मा सम्झौता संशोधन भएको छ । बिर्तामोडलाई स्मार्ट सिटीको अवधारणा अन्तर्गत सो सडक निर्माण गर्दा दुवैतर्फ नाली राखेर काम थालिए पनि समयमा काम भने सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीले समयमा सडक निर्माणको काम सम्पन्न नगरेको भन्दै बिर्तामोडका व्यवसायीले पटक–पटक दवावमूलक कार्यक्रम समेत गरे । तर, अहिले पनि काम भने कछुवाकै गतिमा रहेको स्थानीयको भनाइ छ ।

    मुक्तिचोकबाट शुरु भएको पहिलो चरणको काम सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १८ महिनाको समय अवधि राखेर चार किलोमिटरमध्ये २.८ किलोमिटर सडक १६ मिटर चौडाई, एक मिटर नाली र फुटपाथसहित जम्मा २३ मिटर चौडा हुने गरी निर्माणका लागि सम्झौता भएको थियो ।

    यो चार लेनको बन्ने र बाँकी सडक सात मिटर चौडाईको दुई लेनको बन्ने भनिएको थियो । पाँच सेन्टिमिटरसम्म आस्फाल कंक्रिट प्रयोग गरी सडक निर्माण गर्ने बताइए पनि पछि सबै सडक चार लेनको बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि सो सडक चार लेनको बन्न लागेको हो ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्मको सडकखण्ड भत्किएको वर्षाैं बिते पनि बन्न सकेको थिएन । एशियाली विकास बैंक (एडीबी)को सहयोगमा पाँच वर्षअघि नै उक्त सडक निर्माणको ठेक्का लागेको थियो ।

    सडक निर्माणको काम सुस्त गतिमा अघि बढेसंगै प्रतिनिधिसभा सदस्य खरेलले सडक निर्माणलाई तीब्रता दिन निर्माण व्यवसायीलाई निर्देशन दिएको बताइएको छ । यता दोस्रो चरणमा स्तरोन्नति हुन लागेको सडक समेत निरौलाकै पहलमा चार लेनको बन्न लागेको हो ।

    पुल निर्माण पनि कछुवाकै गतिमा

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत बिर्तामोडस्थित अन्धुवा खोलामा पुल निर्माण भइरहेको छ । २०७४ साल असार २९ गते पुल निर्माणका लागि सम्झौता भएको र समयमा निर्माण सम्पन्न नभएपछि म्याद थप गरिएको छ ।

    पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत निर्माण भइरहेको पुल सात करोड १५ लाख, चौरानव्वे हजार पाँच सय ८० रुयैयाँ तीन पैसा (भ्याट तथा पीएम सहित) को लागतमा निर्माण भइरहेको छ ।

    पुल निर्माणको ८६ प्रतिशत काम सम्पन्न भएपनि वाँकी काम अझैं सम्पन्न हुन सकेको छैन । पुल निर्माणमा ढिलाई भएसंगै स्थानीयले अहिलेपनि सास्ती व्यहोर्दै आएका छन् ।श्रोतःपूर्वाञ्चल दैनिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.