पहिरोले पाँचथरको फिदिम-६ खोल्सापारीस्थित काफलबोटे आधारभूत विद्यालयको भवन बगाएको छ ।
विद्यालय भवन बगाउँदा एक करोड पचास लाखबराबरको क्षति भएको छ । पहिरोले ढुङ्गा, सिमेन्टको गारो र ट्रस लगाई टिनको छानो भएको तीन कोठे विद्यालय भवन बगाएको विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर थापाले बताए ।
कार्यालय कोठा, सोभित्र रहेका कागजात, कम्प्युटर, प्रिन्टरलगायत अन्य शैक्षिक सामग्रीसहित दुई वटा कक्षा कोठा पहिरोले बगाई पूर्ण रूपमा क्षति पुर्याएको थापाले जानकारी दिए ।
Advertisement







