• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लैङ्गिक हिंसा अन्त्यका लागि घरैबाट जागरुक हुनुपर्छ : महिला अधिकारकर्मी


  •    संवाददाता/ बुधबार, मङि्सर १७, २०७७  

  • विर्तामोड  । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि घरैबाट जागरुक हुनुपर्ने तथा आर्थिक सवलीकरणको जरुरी रहेको साझा धारणा राखेका छन् ।

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एवीसी नेपाल, महिला सुरक्षा दवाव समूह र इलाका प्रहरी कार्यालय विर्तामोडको आयोजनामा झापामा लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरकृयाका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

    Advertisement

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले हिंसाका घटनामा न्यूनिकरणमा आफू कति प्रतिवद्ध छु भन्ने कुराको आत्मसमिक्षा गर्नुपर्ने बताउनु भएको छ ।

    Advertisement

    हिंसामा संलग्नलाई कारवाही गराउनका लागि कानून कार्यान्वयनमा सबैको सहयोगी भूमिका हुनुपर्ने हुनुपर्नेमा जोड दिंदै राज्यमन्त्री जगमेरले प्रदेश–१ मा घरेलु हिंसा सम्बन्धी कारवाही सम्बन्धी कानून बनिसकेको जानकारी दिंदै कानून कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले हिंसाका घटनामा कानून कार्यान्वयनको प्रतिवद्धता जनाउँदै झापामा जिल्लामा चालु आर्थिक वर्षको वितेको चार महिनामा भएका हिंसाको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।
    कार्यक्रममा सहभागीहरुले हिंसा अन्त्यका लागि रोजगारी, शिक्षा, हिंसा विरुद्ध कानूनी सचेतना,  स्वाबलम्बी प्रकृतिका कार्यक्रम आवश्यक रहेको सहभागी वक्ताहरुको जोड थियो ।

    साथै हिंसामा परेका महिला तथा बालबालिकाको सुरक्षाका लागि सेफ हाउस, कानून कार्यान्वयमा तदारुकता, समान ज्याला, साइबर क्राइम विरुद्ध सचेतना जगाउन जरुरी औल्याएका वक्ताहरुले  हिंसाका स–साना स्वरुपलाई पनि कानून कार्यान्वयन इकाइ र सरोकारवालाहरुले नियाल्नुपर्ने बताएका छन् ।

    एवीसी नेपाल झापाका संयोजक कञ्चना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका तर्फबाट हर्कमाया विक, नेपाली कांग्रेसकातर्फबाट भुमादेवी घिमिरे, संघीय समाजवादी फोरकातर्फबाट संगीता रौनियार राप्रपा नेपालका तर्फबाट रञ्जु प्याकुरेल, अधिकारकर्मी दिपक दास, प्रहरी निरीक्षक सपना खड्का, विर्तामोड उद्योग वाणिज्य संघ विर्तामोडका महिला उपाध्यक्ष पार्वता खरेल विमली, सदस्य राधिका चुडाल, वीरता लेडी जेसीजका अध्यक्ष शुष्मा पौडेल, ट्रेड युनियन कांग्रेका केन्द्रीय सदस्य उर्मिला ढकाल, नारी कल्याण संघ झापाका अध्यक्ष प्रेमा भट्टराई, उमा शिवाकोटी, विमला भट्टराई, मेची महाकाली संयुक्त बुहारी आवाज झापा अध्यक्ष शिखा खड्का गणेश लगायतले हिंसा सम्बन्धी आ–आफ्ना धारणा राखेका थिए ।

    एवीसी नेपालका सचिव देवीका निरौला बस्नेतले सञ्चालन गरेको कार्यक्रममा उमा शिवाकोटीले स्वागत तथा औचित्यमाथि महिला सुरक्षा दवाव समूहका अध्यक्ष शारदा रिजालले प्रकाश पार्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.