बिर्तामोड स्थित न्यूटन्स् एजुकेशन एकेडेमीमा रहेको न्यूटन्स् बाल क्लबले शैक्षिक सामग्री प्रदान गरेको छ ।
बाल क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत बाह्रदर्शी गाउँपालिका वडा नंं.३ मा अवस्थित सुन्दरपुर आधारभूत विद्यालयमा शुक्रबार शैक्षिक सामग्री हस्तान्तरण गरेको न्युट्न्स बाल क्लबका फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिइन् ।
न्यूटन्स् बाल क्लबका फोकल पर्सन शिवाकोटीले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा सुन्दरपुर आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रेमराज चापागाईं, प्रधानाध्यापक पुन्यप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
Advertisement
न्यूटन्स् बाल क्लबका अध्यक्ष अन्स न्यौपानेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सुपाल राजवंशीले गरेका थिए ।
न्यूटन्स् बाल क्लबले विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।







