• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

व्यवसायीको विरोधपछि काँकडभिट्टाको होल्डिङ सेन्टर हटाइयो


  •    संवाददाता/ बुधबार, मङि्सर १७, २०७७  

  • झापा  ।व्यवसायीको विरोधपछि पूर्वी नाका काँकडभिट्टामा राखिएको होल्डिङ सेन्टर हटाइएको छ ।

    कोरोना भाइरसको महामारीपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मेचीनगर नगरपालिका- ६ स्थित काँकडभिट्टामा माविको खेल मैदानमा राखिएको होल्डिङ सेन्टर मङ्गलवार हटाइएको हो ।

    Advertisement

    भारतबाट आउने नागरिकलाई लक्षित गरी सो होल्डिङ सेन्टर जिल्ला प्रशासन कार्यालय झापाले स्थापना गरेका थिए ।

    Advertisement

    होटेल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल्स सङ्घ झापाले होल्डिङ सेन्टर हटाउनु पर्ने र नाका खोल्नु पर्नेमा माग राख्दै सीमा नाका प्रदर्शन गरेका थिए ।

    सोही दबाबपछि प्रशासनले अन्ततः होल्डिङ सेन्टर हटाएको हो । होल्डिङ सेन्टर हटाए लगतै अहिले मेची भन्सार कार्यालयको गेटमै हेल्थ डेस्कको व्यवस्था गरिएको छ ।

    सोही डेस्कमा प्रशासनको सहकार्यमा प्रारम्भिक स्वास्थ्य चेकजाँच गरी नेपाल प्रवेश गराई आआफ्नो गन्तव्यतर्फ पठाइने भएको छ । यसअघि कोरोनाको पिसीआर रिपोर्ट र स्थानीय तहको सिफारिस नभएका नागरिकलाई होल्डिङ सेन्टरमा पठाउने र त्यहाँबाट गन्तव्यतर्फ पठाइने गरिन्थ्यो ।

    प्रशासन कार्यालय मातहतमा रहेको होल्डिङ सेन्टरको व्यवस्थापन सोही अनुसार रहने गरी त्यसलाई स्थानान्तरण मात्र गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।

    ‘होल्डिङ सेन्टर हटेको नभई ठाउँ मात्र सारिएको हो, डिएसपी पोखरेलले भने, नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई अब नाकामै चेकजाँच गरी अभिलेख राखिन्छ र सोझै गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइनेछ ।

    विद्यालयको खेल मैदानमा विगत ८ महिनादेखि होल्डिङ सेन्टर राखिएको कारण अहिले विद्यालयमा सञ्चालनमा आउने भएपछि पठनपाठनमा समेत असुविधा हुने जनगुनासो बढेको थियो ।

    त्यस्तै पर्यटन, होटेल तथा यातायात व्यवसायीले होल्डिङ सेन्टरमा पर्यटक र आगन्तुकसँग मनोमानी ढङ्गमा भाडा असुल्ने गरेको र बेथिति बढ्न थालेको थियो । अहिले पूर्वी नाकाबाट दैनिक सयौँ सङ्ख्यामा दुवै देशका नागरिक आवतजावत गरिरहेका छन् ।

    सीमा नाका सिल भए पनि यसको असर भने नाकामा नदेखिएको स्थानीय बताउँछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.