• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अधिकांश विद्यार्थी भोकै जान्छन् विद्यालय, महिनौसम्म नधोएका पोशाक लगाउन बाध्य


  •    विनोद सापकोटा/ बिहिबार, भदौ २७, २०८१  

  • झापाको झिलझिले-बोलोचोक ग्रामीण सडकको आडैमा एउटा सामुदायिक विद्यालय छ । शिवसताक्षी-४ मा रहेको विद्यालय दक्षिणको बोलोचोक र पूर्व–उत्तरको जनता बजारको बिचको गाउँ सालमारामा छ ।

    पूर्व-पश्चिम राजमार्गदेखि करिव १६ किलोमिटर दक्षिण दूरीको उक्त विद्यालय पाथिभरा आधारभूत विद्यालय हो । यो विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी भोकै विद्यालय जाने गरेका छन् । उनीहरु भोकै मात्र होइन, कयौ ठाउँ दोहोरो तेहोरो सिलाएका वा टालेका पोशाकमा विद्यालय पुग्छन् ।

    Advertisement

    विद्यार्थीको विद्यालय जाने पोशाकले सावुन पानी पनि महिनौसम्म भेट्टाएको हुँदैन । कतिपय विद्यार्थीको पोशाक त ठुस्स गन्हाउँछ । विद्यालयका शिक्षकले उनीहरुको गन्हाउने पोशाक धोइदिने समेत गरेको स्वयम् अभिभावक बताउँछन् ।

    Advertisement

    विद्यालय जाने विद्यार्थीको पोशाक धेरै ठाउँ उद्रिएर सिलाएको अनि मैलो हुनु उनीहरुका अभिभावकको गरिवीका कारण हो । काम गरेको पैसाले माम मात्र खान पुग्ने बताउने अभिभावकले विद्यार्थीको पोशाक, सरसफाई, शैक्षिक सामग्री खरिदमा ध्यान दिन नपुगेको बताए ।

    झट्ट हेर्दा र सुन्दा पाथिभरा आधारभूत विद्यालय आर्थिक रूपमा अति विपन्न समुदायका बालबालिका मात्र अध्ययन गर्ने थलो जस्तो बनेको छ । यस्तै अवस्था अन्य विद्यालयमा पनि छ । सोही वडाको जनता प्राविमा अध्ययन गर्ने विद्यार्थी पनि पाथिभरामा अध्ययन गर्ने विद्यार्थीकै अवस्थाका छन् । ५ नम्बर वडाको कनकाई, बालकल्याण, ३ नम्बर वडाको पाथिभरा, २ नम्बर वडाको हिमालय प्राविमा अध्ययन गर्ने विद्यार्थी पनि सबै मजदुरका छोराछोरी हुन् । तर, सालमाराको पाथिभरा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अवस्था भने अन्य विद्यालयका विद्यार्थीको तुलनामा फरक र पीडादायी छ ।

    ‘आर्थिक रूपमा मजबुत अन्य समुदायका अभिभावकले आफ्ना छोराछोरीलाई संस्थागत अर्थात् निजी बोर्डिङ स्कुलमा अध्ययनका लागि पठाउँछन् । यो विद्यालयमा विपन्न समुदायका विद्यार्थी मात्र आउने गरेका छन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङले भने, ‘आदिवासी,जनजाति, दलित, मधेसी र सन्थाल समुदायका विद्यार्थीले विद्यालय टिकेको हो ।’

    विद्यालयको वरिपरि घना मानव बस्ती भएपनि यो बस्ती आदिवासी जनजाति समुदायको बाहुल्यता भएको बस्ती हो । यही बस्तीबाट कक्षा नर्सरीदेखि ८ सम्म अध्ययनका लागि विद्यार्थीहरू यो विद्यालयमा जाने गरेका छन् ।

    विद्यालयमा जम्मा १८६ जना विद्यार्थीहरु अध्ययनरत छन् । त्यसमध्ये आदिवासी जनजाति समुदायका ७२, दलित समुदायका ५४, मधेसी समुदायका ४९ र सन्थाल समुदायका ११ जना बालबालिका यो विद्यालयमा अध्ययन गर्छन् । विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाका अनुसार क्षेत्री ब्राह्मण अर्थात खस समुदायका विद्यार्थी यो विद्यालयमा छैनन् । हुनेखाने अभिभावकले दुधे, झिलझिले, शिवगञ्ज, लालझोडाका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनका लागि पठाउने गरेका छन् ।

    घर अगाडिको सडकमा समान प्रकृतिका सामुदायिक विद्यालयको सरकारी गाडीले विद्यार्थी ओसारपसार गरेपछि कुना कन्दराका पाथिभराजस्ता विद्यालय टिक्न हम्मेहम्मे परेको सामुदायिक विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

    पाथिभरा आधारभूत विद्यालयको करिब ७८ प्रतिशत सिकाइ उपलब्धी छ । तर, यो उपलव्धी अभिभावकलाई थाहा नहुँदा नगरका महँगा सामुदायिक विद्यालयमा अभिभावक आफ्ना छोराछोरी पठाउँछन् । सिकाई उपलब्धी भनेको उत्तीर्ण दर हो ।

    विद्यार्थीका अभिभावकको आर्थिक अवस्था हेर्ने हो भने दयनीय छ । यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका ९० प्रतिशत अभिभावक कृषि मजदुर हुन् । साहुूको जग्गा ठेक्का वा अधियामा लिएर खेती गर्ने अभिभावक किसान १० प्रतिशत छन् ।

    अभिभावक कृषि मजदुर भएपछि अधिकांश विद्यार्थी बिहानको समय भोकै विद्यालय जाने गरेका छन् । विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले भने,‘पोलेथिनको झोलामा फुका चिउरा लिएर विद्यार्थी विद्यालयमा आउने गरेका छन् । कक्षा पाँचसम्म त सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । त्यस माथिका विद्यार्थीलाई खाजा कार्यक्रमले नछुँदा कक्षा कोठामा विद्यार्थी भोकै हुने गरेका छन् ।’

    कतिपय विद्यार्थी भर्ना भएर पनि विद्यालय जाँदैनन् । पेटभरी खाना, शैक्षिक सामग्रीको अभाव, पोशाकलगायतका विद्यार्थीका आधारभत आवश्यकता पुरा गर्न नसक्दा अभिभावकहरुले छोराछोरी विद्यालय पठाउन नसकेका हुन् ।

    कतिपय विद्यार्थीले विद्यालय पोशाक दुई वर्षसम्म लगाउने गरेका छन् । उद्रेको पोशाक कैयौँ ठाउँमा सिलाए वा टालेर प्रयोग गर्ने गरेको शिक्षकले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङले भने, ‘विद्यार्थीको अवस्था देख्दा निकै पीडा हुन्छ । महिनौसम्म नधोएका पोशाक विद्यार्थी लगाउन बाध्य छन् । उनीहरूको यो बाध्यता विपन्नताको कारक हो ।’

    विद्यालयमा शैक्षिक सिकाई अर्थात् शैक्षिक गुणस्तर अब्बल रहेको स्थानीय जितेन्द्र शाहले बताए । पूर्वाधार कमजोर भएपनि दक्ष जनशक्तिका कारण विद्यालयको शैक्षिक गुणस्तरको पारो भने वर्षेनि उकालो लागेको छ ।

    विद्यालयमा चारजना स्थायी, तीनजना करार, एकजना निमावि राहत, दुईजना प्रावि राहत, एकजना निमावि नगर अनुदान, दुई जना बाल शिक्षक र एकजना विद्यालय कर्मचारी गरी १४ जनाको युवा दक्ष जनशक्ति छ । कक्षा नर्सरीदेखि २ सम्म अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने यो विद्यालयमा क्रमैसँग अंग्रेजी माध्यम बढाउँदै लैजाने योजना विद्यालय व्यवस्थापन समितिको छ । विद्यालय स्रोतका अनुसार विभिन्न विषयमा स्नातकोत्तर गरेका शिक्षक विद्यालयको विभिन्न तहमा कार्यरत छन् ।

    विद्यालयको पूर्वाधार र अभिभावकको गरिवी निवारणका लागि स्थानीय सरकारले ल्याएका कार्यक्रमले पाथिभरालाई छुन नसक्दा कयौ वर्षदेखिको गरिवी हट्न नसकेको अभिभावकले बताए । नगरपालिकाले विद्यालयलाई शैक्षिक सामग्री वितरण कार्यक्रमअन्तर्गत कापी प्रदान गर्दै आएको थियो । तर यो वर्षदेखि उक्त कार्यक्रम नरहेको नगरपालिकाका शिक्षा अधिकारी छवि ढकालले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.