सरकारले पाँचथरमा भएको बम विस्फोटको घटनामा घाइते भएका दुईजना बालक उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शनिबार अस्पताल पुगेर घाइते बालकको उपचार खर्च सरकारले बेहोर्ने जनाएका हुन् ।
पाँचथरमा साताअघि भएको विस्फोटमा दुई जना बालबालिकाको मृत्यु भएको थियो । घटनामा घाइते भएका थप दुई बालकको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । ७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राई उपचार गराइरहेका छन् । भदौ १३ गते डाँडागाउँका आइतबहादुर केरुङको घरमा बम विस्फोट हुँदा चार जना बालबालिका घाइते भएका थिए ।
Advertisement







