झापा । डेंगू रोगको संक्रमणबाट झापामा एक जना बालकको मृत्यु भएको छ ।
न्यूटन्स एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत विद्यार्थी आलोकजंघ बस्नेतको मृत्यु भएको हो । नोवेल शिक्षण अस्पताल बिराटनगरमा उपचाररत बिद्यार्थीको उपचारकै क्रममा निधन भएको विद्यालयले जनाएको छ ।
आठ वर्षका विद्यार्थी बस्नेतको निधनसंगै आइतवार विद्यालय शोक बिदा दिइएको प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिए । हुमागाईले विद्यार्थीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै विद्यालय परिवार स्तव्ध र मर्माहत बनेको बताएका छन् ।
Advertisement







