आदर्श स्कुल अफ मेनेजमेन्टले तीज सशक्तिकरण कार्यक्रम गरेको छ ।
बिर्तामोड नगरपालिका वडा नं.३ मा अवस्थित स्कुलले तीजमा नाचगानभन्दा महिला सशक्तिकरणलाई बढावा दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
आदर्श स्कुलकी विजया भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेरियट होटल काठमाडौँकी क्लस्टर शिक्षण तथा विकास निर्देशक अन्जना खड्काले नयाँ परिवेशमा महिलाहरु धेरै उच्च ओहोदा पुगेको र आफ्नो क्षमता देखाएर उदाहरणीय कामहरु गरिरहेको बताइन् ।
Advertisement
उक्त कार्यक्रममा महिला आदर्श नौमती बाजा समूह कन्काई नगरपालिका वडा नं.३ ले नौमती बाजा बजाएर रमाइलो प्रदान गरेको थियो ।
शिक्षिका इन्दिरा खड्काले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन आदर्श स्कुलका तालिम विभाग प्रमुख दीपक दासले गरेका थिए ।







