कोशी प्रदेशका चारवटा कलेजमा नेशनल सस्टेनेवल टुरिजम क्लब गठन गरिएको छ ।
आजको आवश्यकता पर्यटनमा यूवा सहभागिता भन्ने मुल नाराका साथ टुरिजम रिसर्च एण्ड ट्रेनिंग इन्स्टिच्यूटले नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सस्टेनेवल टुरिजम फर लिलिउड रिकभरी प्रोजेक्टसँगको सहकार्यमा ११ सदस्यीय समिति गठन गरिएको हो ।
झापाको बिर्तामोडस्थित इकम कलेज र गोमेन्द्र बिर्ता मोडल स्कूल तथा विराटनगरका साष्ठम कलेज तथा हिमालय दर्शन कलेज गरि चार वटा कलेजमा समिति गठन गरिएको टुरिजम रिसर्च ट्रेनिङ इंस्टीट्यूट प्रा.लिका अध्यक्ष मदनकुमार बरालले जानकारी दिए ।
क्लवले विविध कार्यक्रमहरूमार्फत यूवाहरुमाझ पर्यटनबारे जानकारी गराउने र यस क्षेत्रप्रति अभिरुचि जगाउदै हाम्रा प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण, संवर्धन तथा प्रवर्धन गर्न सहयोग पुरयाउने अपेक्षा गरिएको छ ।
टीआर्यटआइले गतवर्ष देशभरका १३० माध्यमिक विद्यालयहरुमा विद्यालय पर्यटन सचेतना कार्यक्रम गर्दै १३० वटा विद्यालय टुरिजम क्लव गठन गरेको थियो । यसवर्ष भने देशभरका २५ वटा दूरजिम तथा हस्पिटालिटी कलेजहरुमा कलेज दूरजिम क्लवको पाइलटिग गरिरहेको छ ।







