• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरस्तरीय वक्तृत्वमा धुलाबारी माविकी दिव्या प्रथम


  •    संवाददाता/ शुक्रबार, भदौ १४, २०८१  

  • मनबहादुर बानियाँ क्षेत्री स्मृति प्रथम मेचीनगरस्तरीय अन्तर मावि वक्तृता प्रतियोगितामा धुलाबारी माविकी दिब्या राय प्रथम बनेकी छिन् ।

    शुक्रबार काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न प्रतियोगितामा प्रथम हुँदै रायले नगद ७ हजार, प्रमाण पत्र तथा ट्रफी प्राप्त गरेकी हुन् ।

    Advertisement

    त्यस्तै हिमालय इङ्लिस एकाडेमी धुलाबारीकी विद्या बुढाथोकी द्वितीय, आदर्श मावि इटाभट्टाका विकास गौतम तृतीय र शहिद दशरथ चन्द मावि चारआलीकी विअसा बराल सान्त्वना भइन् । उनीहरुले क्रमश: नगद ५ हजार, ३ हजार र १ हजार तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

    Advertisement

    विजेतालाई प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, बानियाँ बन्धु समाजका केन्द्रीय सल्लाहकार हरिचरण बानियाँ लगायतले पुरस्कृत गरेका थिए ।

    बाहुण्डाँगी जेसीजको चौधौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरका ११/१२ सञ्चालित आठ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी थिए ।

    बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देवु बानियाँको सभापतित्वमा सम्पन्न प्रतियोगिताको प्रमुख निर्णायकमा काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक हेमकुमार खड्का, निर्णायकमा एम्नेष्टी इन्टरनेशनलका केन्द्रीय उपाध्यक्ष केशव पोखरेल र कन्काई क्याम्पसका प्राध्यापक शेरबहादुर बानियाँ रहेका थिए ।

    उक्त अवसरमा शिक्षा शाखा प्रमुख भण्डारी, बाँनिया बन्धु समाजका हरिचरण बानियाँ, धुलावारी जेसीजका पूर्व अध्यक्ष केशव पौडेल, सामाजिक अभियन्ता उद्धव बानियाँ, मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवासलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    दिवङ्गत मनबहादुर बानियाँको स्मृतिमा भारत असाम निवासी छोराहरु मुक्ति-निलबहादुर बानियाँ क्षेत्रीद्वारा संरक्षित प्रतियोगिताको विजेताले आगामी असोज ११ र १२ गते धुलावारीमा हुने नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनमा सहभागी बन्न पाउने छ । सो प्रतियोगितामा समेत प्रथम भएका राष्ट्रिय प्रतियोगितामा सहभागी बन्ने अध्यक्ष देवु बानियाँले बताए ।

    कार्यकरिणी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक शुष्मा मिश्रले स्वागत, आस्था वाचन कोषाध्यक्ष नित्यानन्द चम्लगाईँ तथा सञ्चालन महासचिव कौशल उप्रेती तथा प्रेस संयोजक जीआर धितालले संयुक्तरुपमा गरेका थिए ।

    एकैदिन दुई कार्यक्रम

    यसैबीच बाहुण्डाँगी जेसीजले शुक्रबार नै मेचीनगर नगरपालिका वडा नं.३ स्थित जनता मावि तेलपानीमा आँखा शिविर कार्यक्रम सञ्चालन गरेको छ ।

    थिम डाइरेक्टर दिवश पौडेलको संयोजकत्वमा भइरहेको शिविरमा हालसम्म ४ सय बढीले आँखा जाँच गराएको पौडेलले बताए ।

    शुक्रबार दुई कार्यक्रमसँगै बाहुण्डाँगी जेसीजले यो वर्ष मात्रै हालसम्म ४५ वटा कार्यक्रम सम्पन्न गरिसकेको बाहुण्डाँगी जेसीजका कार्यक्रम संयोजक सामुल रायले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.