झापा। नेपाल बाल संगठन तदर्थ जिल्ला कार्यसमिति झापाको सदस्य पदमा रोशन लामा र फडिन्द्र दाहाल नियुक्त हुनु भएको छ ।
बाल संगठनको आज सम्पन्न बैठकले लामा र दाहाललाई सदस्य चयन गर्ने निर्णय गरेको हो ।

Advertisement
बैठकले नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम जिल्ला संगठनको नाममा जिल्लामा रहेको चल, अचल सम्पत्तिको अभिलेख राख्ने र संरक्षण गर्ने कामलाई अघि बढाउने निर्णय गरेको छ ।
चयन हुनु भएका दुबै विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्छ। बैठक, नेपाल बाल संगठन तदर्थ जिल्ला कार्यसमिति सभापति रुद्र सिटौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।







