• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शैक्षिक संस्थामा जंकफुड निषेध गर्न अपिल, अटेर गरे कारबाही


  •    संवाददाता/ सोमबार, भदौ १०, २०८१  

  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका शैक्षिक संस्थाहरुमा खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ ।

    झापाका अधिकांश आवासीय तथा गैरआवासीय शिक्षण संस्थाहरुमा मानवीय स्वास्थ्यमा दीर्घकालीन रुपमा असर गर्ने जंकफुड व्यापक प्रयोग भएको पाइएकाले प्रतिवन्ध गर्न र अटेर गरे कारबाही गरिने नेकपा झापाले जनाएको छ ।

    Advertisement

    नेकपाका जनबर्गिय संगठनले सोमवार बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर झापाका शिक्षण संस्थाहरुमा एक महिनाभित्र जंकफुड प्रतिबन्ध लगाउने जानकारी दिएको हो ।

    Advertisement

    पार्टीले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार बालवालिकाको अत्याधिक तौल, टाईप टु मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्रॉल, मृगौला रोग, ओस्टियोपोरोसिस, अटेन्सन डिफिसीट (एडीडी), डिप्रेशन, केही क्यान्सर, जस्ता दीर्घकालीन गम्भीर स्वास्थ्य समस्याहरु आउनुको कारण जंक फुड भएको उल्लेख गरेको जनाउँदै पूर्ण रुपले शैक्षिक संस्थामा जंकफुड प्रतिवन्ध गरिने पार्टीका झापा इन्चार्ज सुमनसिंह सीले जानकारी दिए ।

    जंक फूड उत्पादन गर्ने मानव स्वास्थ्य विरोधी व्यापारी र स्वास्थ्य जस्तो अति संवेदनशील विषयको प्रवाह नगर्ने शिक्षण संस्था, राज्य सरकार र समाजले जंक फुडको प्रयोगमा गम्भीर बन्नुपर्ने पार्टीका झापा सचिव संजय सीले बताएका छन् ।

    शिक्षण संस्थाले सञ्चालन गरेको क्यान्टिन, र अभिभावकबाट तयार गरिएको टिफिनमा समावेश सबै जंकफूडलाई तत्काल उन्मूलन गर्नुपर्ने र विद्यालय हाताभित्र जंकफुठ पुर्ण निषेध गर्नुपर्ने आवश्यकता रहेको पत्रकार सम्मेलन मार्फत बताइएको छ । अज्ञानताको कारण वा अन्य कुनै स्वार्थको कारण प्रयोगमा ल्याइएको जंकफुड पुर्णरुपमा निषेध गर्न सरोकारवाला सबैमासमेत पार्टीले आग्रह गरेको छ ।

    बालबालिकाहरुको सुरक्षा सम्बन्धी पनि प्रश्न खडा भएको जनाउँदै पार्टीले विद्यालय परिसरबाट बच्चा हराउने, अज्ञात रुपमा चुनौतीपूर्ण आवतजावत जस्ता घटनाहरू प्रशस्त घटिरहेको जनाएको छ । जसको कारण पठनपाठन र अनुशासनमा नकरात्मक प्रभाव परेकाले यसलाई नियन्त्रण गर्न प्रत्येक आवासीय र गैरआवासीय शिक्षण संस्थाको प्रवेशद्वारमा सिसि क्यामेरा जडान गर्न र सेक्युरिटी गार्ड राख्न आवश्यक रहेको बताइएको छ ।

    त्यस्तै माध्यमिक तह र कलेज तहका केही विद्यार्थीहरू अत्याधिक दुव्र्वयसनको प्रभावमा पाइएको र सविधानमा पनि शिक्षण संस्था आसपास अर्थात १०० मिटर भित्र दुव्र्वयसनजन्य वस्तु बेचविखन गर्न नपाउने प्रावधान भएको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तीमा उल्लेख छ । ‘तर कतिपय शिक्षण संस्थाहरूमा यो लागू भएको पाइएको छैन, विद्यार्थीहरु कुलतमा फस्न सक्ने संभावनालाई मध्यनजर गर्दै कडाइपूर्वक कुलतलाई उन्मुलन गर्ने कार्यमा नाग्न समेत अनुरोध गर्दछौ ।’ जारी बिज्ञप्तीमा भनिएको छ ।

    पार्टीले विद्यार्थीको स्वास्थ्य, सुरक्षा र विद्यालयले पालना गर्नु पर्ने आधारभूत नियम लागू गर्ने अभियानसँग सहकार्य गर्न सरोकारवाला सवैमा पार्टीले अपिलसमेत गरेको छ ।

    पार्टीले एक महिनाभित्र सवै शैक्षिक संस्थालाई जंकफुड प्रतिवन्ध गर्न आग्रह गर्दै उक्त साझा अभियान एक महिना भित्र सरोकारवालासहित अनुगमनमा आउने जनाएको छ । एक महिना भित्र सबै शिक्षण संस्थाहरुमा जंकफुडलाइ पूर्ण रुपमा प्रतिबन्ध गर्न अनुरोध गर्दै अभियानलाई वेवास्ता बालबालिका र विद्यार्थीको हितमा पार्टी, जनवर्गिय संगठन र सिंगो पक्तीले सशक्त संघर्ष चेतावनीसमेत दिइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.