झापा । विभन्न पार्टी परित्याग गरी राष्ट्रि प्रजातन्त्र राप्रपा पार्टीमा प्रवेश गर्नेहरु झापामा दिन प्रतिदिन वढिरहेका छन् ।
अन्य ठुला राजनितीक दलहरु आन्तरीक किचलोमा लिप्त भएपछी ती पार्टीका कार्यकर्तामा वितृष्णा जाग्नुको साथै अन्य पार्टीमा प्रवेश गर्नेको लहर पछील्ला दिनहरुमा वढ्दै गएको छ ।
यसरी पार्टी परीत्याग गर्नेहरु वैकल्पिक पार्टीको रुपमा राप्रपालाइ छान्ने गरेका छन् ।
राजा आउ देश वचाउ भन्दै देशका विभिन्न स्थानमा र्याली तथा जुलुश स्वत स्फूर्त रुपमा निस्की रहेको समयमा राजतन्त्र पूर्नस्थापनाको मुख्य एजेन्डा वोकेर हिडेको सो राप्रपा पार्टीमा विशेष गरी तत्कालीन नेकपा माआवादीका कार्यकर्ता प्रवेश दिनै जसो ठुलो संख्यामा प्रवेश गर्दै आएका छन् ।
यसै क्रममा झापाको विर्तामोडमा आज आयोजीत एक कार्यक्रमको वीच तत्कालीन नेकपा माआवादीका भापा–ईलाम शेक्रेटरी विक्रम अधिकारी व्रम्हाण्ड , याम पाठक, मेघराज अधिकारी र केदार अधिकारी राप्रपामा प्रवेश गर्नु भएको छ ।
नव प्रवेशीहरुलाई कार्यक्रमका मुख्य अतिथी पार्टीका महामन्त्री राजेन्द्र लिङ्गदेनले स्वागत गर्नु भएको थियो ।
त्यस्तै चनकवल ३ र ७ मा आयोजित अलग–अलग कार्यक्रमका वीच नपाली कंग्रेसका होमनाथ ढकाल सहित १६ जना र नेकपाका दिनेश शिवाकोटी सहित २५ जना राप्रपामा प्रवेश गरेका छन् ।
यस्तै भद्रपुर १,२ का डेढ दर्जन युवाहरु आकाश कन्दङ्वाको नेतृत्वमा स्वस्फूर्त राप्रपामा प्रवेश गरेको भद्रपुर नगर अध्यक्ष राधा कार्कीले जानकारी दिनु भयो ।







